खोटाङमा नदी आसपासका स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह « Khabarhub

खोटाङमा नदी आसपासका स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

खोटाङ – जिल्ला प्रशासन कार्यालय खोटाङले नदी आसपासमा बसोबास गर्ने स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागले खोटाङसहित कोशी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको औंल्याएपछि प्रशासनले आज सार्वजनिक सूचना प्रकाशन गरेर जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

खोटाङ तथा आसपास भएर बहने नदीमा पानीको बहाव बढ्ने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए ।

“खोटाङ भएर दूधकोशी र सुनकोशीगरी दुई वटा नदी बहने गरेको छ । नदी तथा तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन सबैको सूचना जारी गरिएको छ”, उनले भने, “जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानपछि आज साँझ जिल्ला सुरक्षा समितिको बैठक बस्यौँ । बैठकलगत्तै सार्वजनिक सूचना गरेर उद्धारका लागि तीनवटै सुरक्षा निकायलाई तयारी अवस्थामा राखेका छौँ ।”

दश स्थानीय तह रहेको खोटाङमा यसअघि यही असोज १२ गतेसम्म परेको भारी वर्षासँगै आएको बाढी तथा पहिरोका कारण जिल्लाका एक सय ३५ जना स्थानीय बासिन्दा विस्थापित भएका छन् । जिल्लाका विभिन्न ठाउँमा आएको बाढी तथा पहिरोले ३३ वटा घर पुरिँदा विस्थापित बनेका उनीहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।

यही असोज १० गतेदेखि तीनसम्म लगातार परेको भीषण वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा आएको बाढी तथा पहिरोले दुई जना स्थानीयवासी घाइते हुनुका साथै ३८ वटा घरमा आंशिक क्षति गरेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । बाढी तथा पहिरोका कारण करोडौँको क्षति भएको जिल्लामा मानवीय क्षति नभए पनि १८ वटा पशुचौपाया पुरिएर मरेको प्रहरीले जनाएको छ ।

जिल्लामा सञ्चालित विकासे योजनाबाहेक मानिसका घरमा भएको क्षतिमात्र रु ७९ लाख ९९ हजार बढीको भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । बाढी तथा पहिरोले जिल्लामा सञ्चालित विकासे योजना खानेपानी, सिँचाइ, विद्युत्लगायतमा समेत ठूलो क्षति पुगेको कार्यालय प्रमुखहरुले बताएका छन् ।

भीषण बाढीका कारण खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोशीस्थित फोक्सिङटारको मोटरेबल पक्की पुल तथा खोटाङ र उदयपुर जोड्ने बङ्शिलाघाट, ऐँसेलुखर्क गाउँपालिका–४ जलेश्वरीस्थित कम्फुघाट, खोटाङ र उदयपुरकै धाप्लाङघाट, जन्तेढुङ्गा गाउँपालिका–१ रमिते र उदयपुर जोड्ने मैनाटार तथा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित भण्डारेघाटको झोलुङ्गे पुलमा क्षति पुगेको छ ।

विसं २०७९ मा निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याइएको फोक्सिङटारको मोटरेबल पक्की पुल तथा अन्य पाँच वटा झोलुङ्गे पुलहरु शनिबार दिउँसो आएको बाढीले बगाएको हो । दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोशीस्थित फोक्सिङटारको पुल बगाएपछि पूर्वी तराईसँगको सिधा यातायात सम्पर्कविच्छेद भएको छ ।

खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने आर्क डिजाइनको मोटरेबल पुल बगाएपछि सिधा यातायात सम्पर्कविच्छेद भएको हो ।

अविरल वर्षाका कारण अवरुद्ध बनेका जिल्लाका सबै ग्रामीण सडक अझै सञ्चालनमा आएको छैन । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी तथा दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्ड भने, पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  १० : ५२ बजे

एमालेमा विधान महाधिवेशनमा पारित विधानकै आधारमा नयाँ नेतृत्व चयन गरिने

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा गत

एमाले महाधिवेशन हलमा पेस हुनेछ ईश्वर पोखरेलले पेस गरेको प्रस्तावना

काठमाडौँ– नेकपा एमालेको ११ औँ महाधिवेशन शनिबारदेखि सुरु हुँदैछ। यो

चोरीको रु १० लाख २३ हजारसहित एक जना पक्राउ

काठमाडौं – प्रहरीले चोरीको नगद रु १० लाख २३ हजार

एमालेको विधान संशोधन प्रस्ताव रोकियो, १०८ जना प्रतिनिधि भने मनोनयन

काठमाडौँ– नेकपा एमालेले विधान संशोधनको प्रक्रिया तत्काललाई रोक्ने निर्णय गरेको