बिरामीलाई थाहै नहुने हेपाटाइटिस महामारी के हो ? « Khabarhub

बिरामीलाई थाहै नहुने हेपाटाइटिस महामारी के हो ?

हेपाटाइटिस ‘बी’ र ‘सी’ बाट कसरी बच्ने ?


१२ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – हरेक वर्ष जुलाई २८ तारिखका दिन विश्वभर ‘विश्व हेपाटाइटिस दिवस’ मनाइँदै आएको छ ।

भाइरल हेपाटाइटिसको जोखिम न्यूनीकरण गर्दै विश्वलाई स्वस्थ बनाउने अभियानमा विश्वभरका मानिसलाई गोलबद्ध गराउने उद्देश्यका साथ यस वर्ष पनि मनाइँदै छ ।

वर्तमान समयमा भाइरल हेपाटाइटिस विश्वव्यापी रूपमा एक विकराल र खतरनाक स्वास्थ्य समस्या बन्दै गएको छ ।

कलेजो सुन्निनु नै हेपाटाइटिस हो, जसले सीधा मानिसको कलेजोमा असर पुर्‍याउँछ । हाम्रो शरीरमा कलेजोले दैनिक ५०० भन्दा बढी महत्त्वपूर्ण कार्य गर्ने भएकाले कलेजोको स्वास्थ्य मानव जीवनका लागि आधारभूत मानिन्छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को तथ्याङ्कअनुसार विश्वभर करिब ३२ करोड ५० लाख मानिस भाइरल हेपाटाइटिस ‘बी’ र ‘सी’ बाट ग्रसित छन् ।

कलेजो सुन्निनु नै हेपाटाइटिस हो, जसले सीधा मानिसको कलेजोमा असर पुर्‍याउँछ । हाम्रो शरीरमा कलेजोले दैनिक ५०० भन्दा बढी महत्त्वपूर्ण कार्य गर्ने भएकाले कलेजोको स्वास्थ्य मानव जीवनका लागि आधारभूत मानिन्छ ।

यो रोगबाट ग्रसित हुने १० जनामध्ये ९ जनालाई आफूलाई हेपाटाइटिस भएको जानकारी नै हुँदैन । हेपाटाइटिस ‘बी’ का ९० प्रतिशत र ‘सी’ का ८० प्रतिशत बिरामी रोगबारे अनभिज्ञ रहने र नजानेरै अरूमा सार्ने गरेकाले यसलाई ‘मौन महामारी’ पनि भनिन्छ ।

एचआईभी/एड्स, औलो र क्षयरोगजस्तै यो रोग पनि मानिसको ज्यान लिने भयानक रोग बनेको छ । हेपाटाइटिस ‘बी’ र ‘सी’ का कारण हरेक वर्ष विश्वभर करिब १३ लाख मानिसको मृत्यु हुने गर्दछ ।

कलेजोको क्यान्सर हुनुमा यस रोगका भाइरसको मुख्य योगदान रहने चिकित्सक बताउँछन् ।

कलेजो रोग विशेषज्ञ डा. शेखर पौडेलका अनुसार मुख्यतया हेपाटाइटिस पाँच प्रकारका हुन्छन् : ए, बी, सी, डी र ई । यी पाँचै प्रकारका हेपाटाइटिस घातक मानिन्छन् ।

विशेष गरी लागूपदार्थ दुर्व्यसनी, एचआईभी सङ्क्रमित, प्रवासी, बालबालिका र सीमान्तकृत समुदायमा यो रोगको प्रभाव बढी देखिने गरेको छ ।

लक्षण

कुनै पनि हेपाटाइटिसको सुरुआती लक्षण पेट दुख्ने, ज्वरो आउने, शरीर दुख्ने, जन्डिस हुने र वाकवाकी लाग्ने हुन्छ ।

यस्ता लक्षण केही समयमै निको भए भने ‘ए’ र ‘ई’ को सङ्क्रमण हुन सक्ने डा. पौडेलको भनाइ छ । त्यस्तै हेपाटाइटिस ‘बी’ को सङ्क्रमण हुँदा यस्ता केही ‘एक्युट इन्फेक्सन’ हुन्छन् भने ती लक्षण लामो समयसम्म भइरहन्छन्, जसलाई ‘क्रोनिक इन्फेक्सन’ भनिन्छ ।

कुनै पनि हेपाटाइटिसको सुरुआती लक्षण पेट दुख्ने, ज्वरो आउने, शरीर दुख्ने, जन्डिस हुने र वाकवाकी लाग्ने हुन्छ ।

“हेपाटाइटिस ‘सी’ मा पनि त्यस्तै लक्षण देखिन्छन् र लामो समयसम्म ती लक्षण दोहोरिए भने ‘क्रोनिक इन्फेक्सन’ हुने सम्भावना हुन्छ र त्यसपछि लक्षणहरू खासै देखिँदैनन्,” डा. पौडेल भन्छन्, “तर बिस्तारै कलेजोलाई क्षति पुर्‍याइरहेको हुन्छ, बिरामीलाई थाहा हुँदैन । कलेजोमा क्यान्सर या ‘सिरोसिस’ भयो र पूर्ण रूपमा क्षति पुगेपछि मात्रै बिरामीले थाहा पाउँछन् ।”

अहिले कलेजोको समस्या लिएर आउने धेरै बिरामीमा यही समस्या हुने गरेको डा. पौडेलको भनाइ छ ।

रोकथाम तथा उपचार

छोटो खालको ‘इन्फेक्सन’ गराउने हेपाटाइटिस ‘ए’ र ‘ई’ खराब खालको खानपिन तथा दूषित पानीबाट सर्छ ।

पानी उमालेर खाने, सडक छेउमा पाइने जथाभाबी खानेकुरा नखाने, खाना खानुअघि साबुनपानीले हात धुनेलगायतका सावधानी अपनाउनुपर्ने डा. पौडेलको भनाइ छ ।

त्यस्तै नेपालमा धेरै देखिने हेपाटाइटिस ‘बी’ र ‘ए’ का लागि ‘भ्याक्सिन’ उपलब्ध छ भने यो भ्याक्सिन लगाउँदा यसको सङ्क्रमणबाट बच्ने सम्भावना एकदमै धेरै हुने डा. पौडेल बताउँछन् ।

सबैभन्दा घातक मानिने हेपाटाइटिस ‘बी’ र ‘सी’ बाट बच्नका लागि रगत चढाउनुपर्दा राम्रोसँग जाँच गरेर चढाउने र सिरिन्जको प्रयोगमा ध्यान दिनुपर्छ ।

हेपाटाइटिस ‘सी’ मुख्यगरी ‘डायालासिस’ गराइरहेका बिरामीलाई बढी सर्ने देखिएकाले ‘डायालासिस’ जस्तै रगतको प्रयोग गरी उपचार गर्नुपर्दा रगतको जाँच तथा स्क्रिनिङ गराएर मात्रै उपचार गर्ने र असुरक्षित यौनसम्पर्कबाट बच्नेलगायतका कुरामा ध्यान दिए रोगको रोकथाम गर्न सकिने डा. पौडेल बताउँछन् ।

सबैभन्दा घातक मानिने हेपाटाइटिस ‘बी’ र ‘सी’ बाट बच्नका लागि रगत चढाउनुपर्दा राम्रोसँग जाँच गरेर चढाउने र सिरिन्जको प्रयोगमा ध्यान दिनुपर्छ ।

डा. पौडेलका अनुसार हेपाटाइटिस ‘ए’ र ‘ई’ को सङ्क्रमण करिब ९९ प्रतिशत बिरामीलाई आफैँ निको भएर जान्छ भने ‘सी’ का लागि १२ हप्तासम्म लगातार औषधी खाँदा पूर्ण रूपमा निको हुन्छ ।

हेपाटाइटिस ‘बी’ पूर्ण रूपमा निको नभए पनि यसले कलेजोमा गराउने जोखिमलाई कम गर्ने औषधीहरू रहेको डा. पौडेल बताउँछन् ।

“यो औषधी सबै बिरामीलाई त खुवाइँदैन, तर हेपाटाइटिस ‘बी’ कै कारण उसको कलेजो सुन्निएको छ, चोट लागेको छ भने त्यस्ता बिरामीलाई हेपाटाइटिस ‘बी’ को औषधी दिइन्छ,” डा. पौडेलले भने, “परिवारमा कसैलाई यो रोग देखियो भने ‘भ्याक्सिन’ लगाउँदा अरूलाई सर्न पाउँदैन । जस्तै श्रीमान्लाई हेपाटाइटिस ‘बी’ छ भने श्रीमतीले पनि भ्याक्सिन लगाउनुपर्छ ।”

हेपाटाइटिसका कारण कलेजो सुन्निएको छ भने समयमै औषधी खाँदा भोलि गएर क्यान्सर र ‘सिरोसिस’ हुने जोखिम कम गर्न सकिने डा. पौडेलले बताए ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  ७ : १७ बजे

अर्थमन्त्री वाग्लेले आज उद्योगपतिहरूसँग बजेट कार्यान्वयनबारे छलफल गर्दै

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज विभिन्न उद्योगका उद्योगपतिहरुसँग छलफल

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको बिजुलीको

दार्चुलामा मध्य चमेलिया जलविद्युत आयोजना निर्माण हुने

काठमाडौँ– सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा थप

बिरामीलाई थाहै नहुने हेपाटाइटिस महामारी के हो ?

काठमाडौँ – हरेक वर्ष जुलाई २८ तारिखका दिन विश्वभर ‘विश्व

काँकरभिट्टाबाट गत वर्ष साढे ९ हजार विदेशी पर्यटक भित्रिए

झापा– नेपालको पूर्वी नाका काँकरभिट्टा स्थलमार्ग हुँदै गत आर्थिक वर्ष