अन्तर्राष्ट्रिय

पाकिस्तानको खैबर पख्तुनख्वाका शिक्षक आन्दोलित

By खबरहब

October 02, 2024

काठमाडौं – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तका शिक्षकआन्दोलित भएका छन् । खैबर पख्तुनख्वाका १ लाख ३९ हजारप्राथमिक शिक्षक आन्दोलनमा उत्रिएका हुन् ।

सरकारले आफूहरुको बढुवा रोकेको भन्दै शिक्षकहरुआन्दोलनमा उत्रेको पाकिस्तानबाट प्रकाशित हुने द एक्सप्रेसट्रिब्युनले जनाएको छ ।

आन्दोलनको पहिलो चरणमा साङ्केतिक रुपमा विद्यालय बन्द गरेका थिए । त्यसपछि पनि आफ्ना माग पूरा नभए आगामी अक्टोबर ७ देखि धर्नाका कार्यक्रम थाल्ने शिक्षकहरुको चेतावनी छ ।

त्यसबाहेक उनीहरुले सरकारलाई दबाब दिन प्रदर्शन र¥यालीको समेत आयोजना गर्ने जनाएका छन् ।