हङकङ सिक्सेस : अस्ट्रेलियाविरुद्ध नेपालको शानदार जित, प्रतिशले लिए तीन विकेट « Khabarhub

हङकङ सिक्सेस : अस्ट्रेलियाविरुद्ध नेपालको शानदार जित, प्रतिशले लिए तीन विकेट

पूल ‘बी’को विजेता बन्दै नेपाल क्वाटरफाइनलमा


१७ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हङकङ सिक्सेसको पूल ‘बी’को अन्तिम खेलमा नेपालले अस्ट्रेलियामाथि ११ रनको शानदार जित निकालेको छ। यो जितसँगै नेपाल पूल ‘बी’को विजेता बन्दै क्वाटरफाइनल प्रवेश गरेको छ।

शनिबार बिहान हङकङको मोङ कक मैदानमा टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले अस्ट्रेलियालाई ११२ रनको चुनौती दिएको थियो। अस्ट्रेलियाले सबै विकेट गुमाएर सय रन बनाएको हो।

अस्ट्रेलियाका लागि ज्याक उडले १६ बलको सामना गर्दै अर्धशतक पूरा गरे। ६ छक्का र चार चौका प्रहार गरेर उनले ५५ रन जोडेका हुन्। एलेक्स रसले १४ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेपालका लागि प्रतिश जिसीले तीन विकेट लिँदा लोकेश बम र विवेक यादवले एकएक विकेट हात पारे। दुई ओभर बलिङ गरेका प्रतिशले २४ रन खर्चिएर तीन विकेट हात पारेका हुन्। उनी म्यान अफ द म्याच बने।

सुरुमा ब्याटिङ गरेको नेपालका लागि सन्दीप जोराले अर्धशतक पुरा गरे। उनले १६ बलमा पाँच चौका र चार छक्का प्रहार गर्दै ५१ रन बनाएका हुन्। हङकङ सिक्सेसमा उनको यो लागातार दोस्रो अर्धशतक हो। अघिल्लो खेलमा उनले इंग्ल्याण्डविरुद्ध १२ बलमै अर्धशतक बनाएका थिए।

लोकेश बमले १३ बलमा तीन चौका र तीन छक्काको मद्तमा ३३ रन बनाएका थिए। नेपालका लागि विवेक यादवले चार बलमा १२ रन हिर्काउँदा राशिद खानले दुई बलमा १२ रन बनाए भने एक बल खेलेका नारायण जोशीले एक रन जोडे।

अस्ट्रेलियाका ज्याक उडले दुई विकेट हात पारे।

यो जितसँगै नेपाल पूल ‘बी’ को विजेता बन्दै क्वाटरफाइनल पुगेको छ। पहिलो खेलमा नेपालले इंग्ल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो। नेपालले क्वाटरफाइनलमा पूल ‘डी’ को श्रीलंका वा बंगलादेशसँग खेल्ने छ।

पूल बी बाट उपविजेता बन्दै अस्ट्रेलिया पनि क्वाटरफाइनलमा पुगेको छ। इङल्याण्ड दुवै खेल हारेर बाहिरिएको छ।

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  ७ : १३ बजे

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि

दुई हजारभन्दा बढी यमनी व्यक्ति शरण माग्दै जिबुटीमा

एडिस अबाबा – यमनमा इरान–समर्थित हुथी लडाकु र साउदी–समर्थित सरकारबीचको