दीपावलीको अवसरमा चलचित्र ‘डोरी’को घोषणा | Khabarhub Khabarhub

दीपावलीको अवसरमा चलचित्र ‘डोरी’को घोषणा


१७ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जी सेवेन प्रोडक्सनको ब्यानरमा निर्माण हुने नयाँ नेपाली चलचित्र ‘डोरी’ निर्माण घोषणा गरिएको छ।

हरर, थ्रिलर, एक्सन र कमेडीको मिश्रणमा निर्माण हुन लागेको यस चलचित्रलाई अरुण लामाले निर्देशन गर्नेछन्। यसअघि विभिन्न लघु चलचित्र र वृत्तचित्र निर्देशन गरिसकेका लामाको यो पहिलो फिचर चलचित्र हो।

निर्देशक लामाले यस चलचित्रले नेपाली चलचित्र क्षेत्रमा नयाँ शैलीको कथा प्रस्तुत गर्ने बताएका छन्।

‘डोरी’को कथा परिवारको आर्थिक बोझ हल्का गर्न जीवनका जोखिमपूर्ण निर्णयहरू लिने एउटा जीवनको गहिरो दुष्चक्रमा फसेको सङ्घर्षशील युवाको वरिपरि घुम्ने निर्देशकले जनाए।

उनका अनुसार चलचित्रमा हाँसो, त्रास, र असफलतासहितको सङ्घर्षलाई रोचक तरिकामा प्रस्तुत गरिने छ।

चलचित्रमा मुख्य भूमिकामा प्रवीण खतिवडा, शिशिर बाङ्गदेल, कविता आले, राज पौडेल, विशाल राई, मिलन राई, नूतन, र वीरेन्द्र सिंह कुशवाहा लगायतको अभिनय रहनेछ ।

मुख्य नायिका चयन प्रक्रिया अन्तिम चरणमा रहेको बताइएको छ। यस चलचित्रमा प्रमुख भूमिका निभाउनेमध्येका एक कलाकार राज पौडेलले यसैमार्पत् अभिनयमा डेब्यू गर्दैछन्।

चलचित्रको लेखन निर्देशक अरुण लामाले गरेका छन् । स्क्रिप्टलाई प्रभावकारी बनाउन मनोज पण्डितले डक्टरिङ गरेका छन्।

यसका निर्माताको नाम ‘मिस्टर एक्स’ रहेको जनाएको छ । कार्यकारी निर्माता राज थापा रहेका छन्। सिनेमाटोग्राफी सौरभ लामा र एक्सन निर्देशनमा राजु तामाङले गर्नेछन्।

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  २ : ५८ बजे

माधव नेपाल भेनेजुयला प्रस्थान

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल

भारतविरुद्ध दोस्रो इनिंगमा न्यूजील्याण्डलाई १४३ रनको अग्रता

काठमाडौं –भारतविरुद्धको तेस्रो टेस्टमा न्यूजील्याण्डले १४३ रनको अग्रता हासिल गरेको

‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ को शानदार सुरुवात

काठमाडौं – बलिउडका दुई चर्चित फिल्म ‘सिंघम अगेन’ र ‘भूल

जीबीलाई देखाएर अरु अपराधी उम्कन खोजिरहेका छन्

काठमाडौं– रामहरि खतिवडा ओखलढुङ्गाबाट प्रतिनिधि सभामा निर्वाचित कांग्रेस सांसद हुन्

पर्यटकको गन्तव्य बन्दै ढोरपाटन (तस्बिरहरू)

काठमाडौं– शिकार आरक्षका रूपमा चिनिएको ढोरपाटन अहिले आन्तरिक पर्यटकका लागि