गाजामा पोलियो खोप अभियान पुन: सुरु « Khabarhub

गाजामा पोलियो खोप अभियान पुन: सुरु


१७ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

जेनेभा– उत्तरी गाजामा पहुँचको अभाव, तीव्र आक्रमण र पटक–पटकको निकासी आदेशका कारण गत अक्टोबर बाट स्थगित भएको पोलियो खोप अभियानको तेस्रो चरण आजबाट सुरु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।

डब्लुएचओ र संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ)ले जारी गरेको संयुक्त विज्ञप्तिका अनुसार परिवारलाई आफ्ना बच्चाहरूलाई खोपका लागि सुरक्षित रूपमा ल्याउन र अभियान गतिविधिहरू आयोजना गर्न असम्भव भए पछि अभियान स्थगित  भएको थियो ।

हाल अभियान सञ्चालनका लागि आवश्यक तयारी सुनिश्चित गर्दै सुरु गरेको जनाइएको छ । गाजामा गत सेप्टेम्बर मा सञ्चालन गरिएको खोपको पहिलो चरणको तुलनामा अभियानको क्षेत्र घटाइ हाललाई गाजा सहरमा मात्र सीमित रहेको  विज्ञप्तिमा उल्लेख गरिएको छ ।

जबालिया, बेत लाहिया र बेत हानुनलगायतका गाजाका सहरहरूमा दस वर्ष मुनिका करिब  १५ हजार दुर्गम बालबालिकाहरू अभियानबाट छुटेका छन् । पोलिओ भाइरसको सङ्क्रमण रोक्न प्रत्येक समुदाय र छिमेकका कम्तिमा ९० प्रतिशत बालबालिकाले खोप लगाउनु पर्ने आवश्यकता रहेको जनाइएको छ ।   

गाजाका बालबालिकामा पहुँचको अभाव भए पनि गाजाका लागि पोलियो प्राविधिक समितिले अभियान पुन: सुरु गर्ने निर्णय गरेको छ । यसको उद्देश्य पोलियो खोप सकेसम्म धेरै बच्चाहरूसम्म पुगाई जोखिमलाई कम गर्नु र गाजाका अन्य भागबाट गाजा शहरमा आएकाहरुलाई खोप लगाउने अवसर प्रदान गर्नु रहेको जनाइएको छ ।

अभियानले मध्य र दक्षिणी गाजामा दोस्रो चरणको पहिलो दुई चरणहरूको सफल कार्यान्वयन गरिसकेको छ । 

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  ४ : ०७ बजे

फ्लाईदुबईका पाँच यात्रुलाई ‘वीरता पुरस्कार’ घोषणा

जेरुसेलम– इजरायली राष्ट्रपति आइज्याक हर्जोगले बिहीबार पाँच इजरायली यात्रुलाई ‘वीरता’

पूर्वसभापति देउवालाई महाधिवेशन उद्घाटनका लागि आग्रह गरिसक्यौँ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले आइतबारबाट सुरु हुने पार्टीको

बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

काठमाडौं– बजाजले पल्सर एनएस सिरिजका लागि रविन्द्र ढाँटलाई ब्रान्ड एम्बेसडर

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐनविपरीत कसुर

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका