‘एक मुठ्ठी बादल : माई सेयर अफ स्काई’ लाई ६० हजार युरो अनुदान « Khabarhub

‘एक मुठ्ठी बादल : माई सेयर अफ स्काई’ लाई ६० हजार युरो अनुदान


१७ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्माणाधीन नेपाली कथानक चलचित्र ‘एक मुठ्ठी बादल : माई सेयर अफ स्काई’ नेदरल्यान्डको ह्युबर्ट बाल्स फण्ड पोस्ट–प्रोडक्सन अनुदानका लागि चयन भएको छ ।

यसअन्तर्गत चलचित्रले ६० हजार युरो आर्थिक सहयोग प्राप्त गर्ने भएको छ । जुन ८७ लाख नेपाली रुपैयाँ बराबर हुन आउँछ ।

‘एक मुठ्ठी बादल’की निर्देशक साहारा शर्मा ह्युबर्ट बाल्स फण्डको पोस्ट–प्रोडक्शन अनुदान जित्ने पहिलो नेपाली महिला निर्देशक हुन् ।

गौथली इन्टरटेन्मेन्ट (नेपाल), थर्ड कल्चर किड्स (जर्मनी), र क्रोमोजोम फिल्म (जर्मनी) को सह–निर्माण रहेको यो फिल्म नेपालकै पहिलो महिलाप्रधान अन्तर्राष्ट्रिय स्तरमा सह–निर्मित चलचित्र हो ।

यस फिल्ममा नेपालबाट निर्माता ‘मन प्रडक्सन’ र ‘अन्डरग्राउन्ड टकिज’ पनि निर्माणमा सहभागी छन् ।

यस् चलचित्रका अन्य प्रमुख निर्माताहरूमा नेपालबाट अनुप पौडेल र सामीप्य राज तिमल्सेना रहेका छन् । कार्यकारी निर्माताका रूपमा निकुन श्रेष्ठ संलग्न छन् । जर्मनीबाट रोक्शाना रिचर निर्माताका रुपमा छिन् ।

विवाहको पृष्ठभूमिमा बुनिएको ‘एक मुठ्ठी बादल’ले घरभित्रको सीमित दायराभित्र स्वतन्त्रताको सपना देख्ने एक युवतीको कथा प्रस्तुत गर्दछ ।

युवतीमाथि समाजले राखेका अनेकन अपेक्षा र आफू भित्र निसास्सिरहेको उनको स्वतन्त्रताको चाहनाबीच उत्पन्न द्वन्द्वलाई चलचित्रले उजागर गर्दछ ।

गृहिणी हुनुका साथसाथै पारिवारिक जीवनको पनि केन्द्रमा रहेका नेपाली समाजका कैयौँ महिलाका अनेक अदृश्य त्याग, संघर्षलाई र निःस्वार्थ योगदानलाई चलचित्रले कथानकमा समेटेको छ ।

चलचित्रमा निशा शर्मा, शेखर चापागाईं, आँचल शर्मा, उषा रजक, मनीष निरौला, सहयोग अधिकारी, गौरव बिष्ट, अविरल प्रताप अधिकारी, भीमा मैनाली, अश्मिता गौतम आदि कलाकारको अभिनय छ ।

निर्देशक सहारा शर्माले चलचित्रले पोस्ट प्रडक्सनका लागि प्रतिष्ठित फन्ड पाएकोमा खुसी व्यक्त गरेकी छन् ।

‘नेपाली नारीहरूका दुःख, सुख, त्याग, तपस्या, वलिदान, यिनका अनेक पक्ष र क्षमतालाई विश्व स्तरमा चिनाउने मेरो सँधै प्रयत्न रहेको छ । यो पुरस्कारले त्यहीतर्फ चलेको हाम्रो यात्रालाई उडान भरेको छ, म अत्यन्तै खुसी छु’ शर्माको भनाइ ।

यस चलचित्रका निर्माता अभिमन्यु दीक्षित महिला–केन्द्रित फिल्म निर्माणका लागि समर्पित अभियन्ता हुनुका साथसाथै गौथली इन्टरटेन्मेन्टका सञ्चालक पनि हुन्। दीक्षित रोटरडम ल्याब तथा कान्स फिल्म फेस्टिभलको प्रडुसर नेट्वर्कका सहभागी पनि हुन् ।

उनको नेतृत्वमा ‘एक मुठ्ठी बादल’ लोकार्नो ओपन डोर्स कन्सल्टेन्सी, इण्डियन फिल्म बजारमा, लगायत ढाकाको वेस्ट मिट्स इस्ट स्क्रिनप्ले ल्याबमा पनि छनौटमा परेको छ ।

चलचित्रका सह–निर्माता सारा फाजिलात, एक अनुभवी अन्तर्राष्ट्रिय फिल्मकर्मी, साथै प्रतिष्ठित कलाकार पनि हुन् । ‘निको’ (२०२१) र ‘होली स्पाइडर’ (२०२२) जस्ता प्रख्यात र पुरस्कृत फिल्महरूका निर्माता र अभिनेतृ समेत रहेकी फाजिलात चलचित्रद्वारा समानता र विविधता प्रवद्र्धन गर्ने अभियानमा सक्रिय भूमिका खेल्दै आएकी छिन् ।

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  ४ : ३४ बजे

निर्मल पुर्जाको निधन

काठमाडौं- चर्चित आरोही निर्मल पुर्जाको निधन भएको छ । पाकिस्तानको

सुदूरपश्चिम विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गएका विद्यार्थीको मृत्यु

महेन्द्रनगर– कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको व्यवस्थापन संकायको छतबाट हाम फालेर

ब्रोड पिकमा उद्धार अभियान जारी, ड्रोनले थप शव देखेको दाबी

पाकिस्तान-पाकिस्तानस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक (८,०४७ मिटर) मा

खजुरा क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत

 नेपालगञ्ज– बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा लामो समयदेखि

एलपी ग्यास अभावपछि निगमको टेकु कार्यालयबाट बिक्री सुरु

काठमाडौं– एलपी ग्यासको अभाव देखिएपछि नेपाल आयल निगमले टेकुस्थित कार्यालयबाट