लक्ष्मी पूजाको दिन चलचित्र ‘सत्यवीर’ निर्माणको घोषणा « Khabarhub

लक्ष्मी पूजाको दिन चलचित्र ‘सत्यवीर’ निर्माणको घोषणा


१७ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यमपञ्चकअन्तर्गत लक्ष्मी पूजाको अवसरमा चलचित्र ‘सत्यवीर’ निर्माणको घोषणा गरिएको छ । गद्रेज पिक्चर्स प्रालिको ब्यानरमा यस सामाजिक कथाको एक्सन थ्रिलर चलचित्रलाई जनारामले निर्माण गर्नेछन् ।

निर्माण कम्पनीले फर्स्ट लुक पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको औपचारिक घोषणा गरेको हो । पोस्टरमा कलाकार प्रदीप चौधरीलाई स्थान दिइएको छ ।

पृष्ठभूमिमा गान्धीनगर सहर रगत पिसाब बाँदर र हात्तीसहित आक्रामक रुपमा प्रस्तुत भएको काठमाडौं सहर देख्न सकिन्छ । पोस्टरले क्राइम थ्रिलरको सुझाव दिएको छ ।

एक दशकदेखि एफएक्स र एनिमेसनमा सक्रिय खड्काको यो फिल्मले ठूला पर्दामा निर्देशनमा डेब्यू गर्नेछन् ।

उनले हलिउड फिल्म ‘स्टार वार्स’, ‘लेगो’ र एफएक्स र ‘डिज्नी’, ‘पिक्सर’ जस्ता कम्पनीका लागि एनिमेसनमा काम गरेका छन् । खड्काले ‘प्रेमगीत ३’, ‘बम्बरी’, ‘कन्देतार’ लगायत दर्जनौं फिल्ममा एफएक्स सुपरवाइजरको रुपमा काम गरिसकेका छन् ।

काठमाडौंमा एफएक्स एण्ड एनिमेसन स्कुल सञ्चालन गरेर खड्काले विद्यार्थीलाई तालिम दिइरहेका छन् ।

२१औँ शताब्दीमा प्रविधिको युगमा नेपाली चलचित्रलाई उच्च स्तरमा पुर्या‍उने उद्देश्यले आफू चलचित्र निर्देशनमा लागेको खड्काले बताए । उनले यसअघि एक दर्जन सिरियल फिल्म र म्युजिक भिडियो निर्देशन गरिसकेका छन् ।

खड्काले फिल्मका ४० प्रतिशत दृश्य एफएक्स भएको बताएका छन् । बाँकी ६० प्रतिशत दृश्य काठमाडौं र चितवनलगायत तराई क्षेत्रमा छायांकन हुनेछ । कलाकार प्रदीप चौधरी र द्वन्द्व निर्देशक हिमाल केसीबाहेक निर्माण कम्पनीले फिल्मको ‘कास्ट र क्रु’ भने सार्वजनिक गरेको छैन ।

लामो समयदेखि रंगमञ्चमा सक्रिय रहेका चौधरीले १० वर्षपछि अभिनयमा चलचित्रमा अभिनय गर्न थालेका छन् ।

उनले चलचित्र ‘होस्टेल रिटर्न्स’ मा ‘पिक अप’ पात्रबाट चर्चा पाए । हल मण्डला थिएटरमा अभिनय कक्षा सिकाउने चौधरीले धेरै नेपाली चलचित्र तथा टेलिभिजन कलाकारहरूलाई अभिनय सिकाइसकेका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  ४ : ४१ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी