लक्ष्मी पूजाको दिन चलचित्र ‘सत्यवीर’ निर्माणको घोषणा « Khabarhub

लक्ष्मी पूजाको दिन चलचित्र ‘सत्यवीर’ निर्माणको घोषणा


१७ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यमपञ्चकअन्तर्गत लक्ष्मी पूजाको अवसरमा चलचित्र ‘सत्यवीर’ निर्माणको घोषणा गरिएको छ । गद्रेज पिक्चर्स प्रालिको ब्यानरमा यस सामाजिक कथाको एक्सन थ्रिलर चलचित्रलाई जनारामले निर्माण गर्नेछन् ।

निर्माण कम्पनीले फर्स्ट लुक पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको औपचारिक घोषणा गरेको हो । पोस्टरमा कलाकार प्रदीप चौधरीलाई स्थान दिइएको छ ।

पृष्ठभूमिमा गान्धीनगर सहर रगत पिसाब बाँदर र हात्तीसहित आक्रामक रुपमा प्रस्तुत भएको काठमाडौं सहर देख्न सकिन्छ । पोस्टरले क्राइम थ्रिलरको सुझाव दिएको छ ।

एक दशकदेखि एफएक्स र एनिमेसनमा सक्रिय खड्काको यो फिल्मले ठूला पर्दामा निर्देशनमा डेब्यू गर्नेछन् ।

उनले हलिउड फिल्म ‘स्टार वार्स’, ‘लेगो’ र एफएक्स र ‘डिज्नी’, ‘पिक्सर’ जस्ता कम्पनीका लागि एनिमेसनमा काम गरेका छन् । खड्काले ‘प्रेमगीत ३’, ‘बम्बरी’, ‘कन्देतार’ लगायत दर्जनौं फिल्ममा एफएक्स सुपरवाइजरको रुपमा काम गरिसकेका छन् ।

काठमाडौंमा एफएक्स एण्ड एनिमेसन स्कुल सञ्चालन गरेर खड्काले विद्यार्थीलाई तालिम दिइरहेका छन् ।

२१औँ शताब्दीमा प्रविधिको युगमा नेपाली चलचित्रलाई उच्च स्तरमा पुर्या‍उने उद्देश्यले आफू चलचित्र निर्देशनमा लागेको खड्काले बताए । उनले यसअघि एक दर्जन सिरियल फिल्म र म्युजिक भिडियो निर्देशन गरिसकेका छन् ।

खड्काले फिल्मका ४० प्रतिशत दृश्य एफएक्स भएको बताएका छन् । बाँकी ६० प्रतिशत दृश्य काठमाडौं र चितवनलगायत तराई क्षेत्रमा छायांकन हुनेछ । कलाकार प्रदीप चौधरी र द्वन्द्व निर्देशक हिमाल केसीबाहेक निर्माण कम्पनीले फिल्मको ‘कास्ट र क्रु’ भने सार्वजनिक गरेको छैन ।

लामो समयदेखि रंगमञ्चमा सक्रिय रहेका चौधरीले १० वर्षपछि अभिनयमा चलचित्रमा अभिनय गर्न थालेका छन् ।

उनले चलचित्र ‘होस्टेल रिटर्न्स’ मा ‘पिक अप’ पात्रबाट चर्चा पाए । हल मण्डला थिएटरमा अभिनय कक्षा सिकाउने चौधरीले धेरै नेपाली चलचित्र तथा टेलिभिजन कलाकारहरूलाई अभिनय सिकाइसकेका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  ४ : ४१ बजे

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

कर्णाली– कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो पीडित

राप्रपाको नवलपरासी जिल्ला अध्यक्षमा रामभवन यादव, नागार्जुनमा महेश रिमाल

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला

देउवा समूहको सम्मेलन : ५ प्रतिवेदन परिमार्जनसहित पारित

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले राजधानीमा भएको राष्ट्रिय भेलाबाट

कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेला : पाँच प्रतिवेदन पारित, महाधिवेशनको जिम्मा शशांकलाई

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहले राजधानीमा आयोजना गरेको राष्ट्रिय

गृह जिल्ला पुगेका ओलीले भने- नेतृत्व फेर्ने होइन, पार्टी जागरण गराउने हो

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृह जिल्ला झापा