वीरगञ्ज कारागारको खानेपानी र शौचालय सुधार्छौँ : मन्त्री यादव « Khabarhub

वीरगञ्ज कारागारको खानेपानी र शौचालय सुधार्छौँ : मन्त्री यादव


१७ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – खानेपानीमन्त्री प्रदीप यादवले समाजका हरेक नागरिकलाई आधारभूत सुविधा र सम्मानजनक वातावरण प्रदान गर्नु राज्यको दायित्व भएको बताएका छन् । 

मन्त्री यादवले शनिबार कारागार कार्यालय वीरगञ्जको निरीक्षण गर्दै कैदी बन्दीहरूको जीवनस्तर र भौतिक पूर्वाधारको सुधारमा सरकारले ध्यान दिने बताए। 

‘कैन्दीबन्दीसँगको छलफलको क्रममा शौचालय र खानेपानीको समस्याको विषयमा अवगत गराउनुभएको छ । यी दुवै काम खानेपानी मन्त्रालय मातहत पर्ने भएकाले सोको आवश्यक व्यवस्थापन गर्नका लागि निर्देशन दिएको छु, उनले भने, ‘कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दी, जीर्ण पूर्वाधार र विद्युत्को समस्याको विषयमा भने सम्बन्धित निकायको ध्यानाकर्षण गराउनेछु ।’

वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले कारागार सुधार गर्नका लागि महानगरले आवश्यक पर्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘महानगरले महिला कैदीबन्दीहरुको  स्वास्थ्य र सरसफाइलगायत आधारभूत आवश्यकता पूरा गर्नका लागि सहजीकरण गर्नेछ,’ उनले भने। 

पर्सा प्रहरी प्रमुख कुमोध ढुङ्गेलले पनि प्रहरीको जिम्मेवारी सुरक्षाको साथसाथै कैदीहरूको मानवअधिकारको प्रत्याभूति गराउने रहेको जानकारी दिए। कारागार कार्यालय वीरगञ्जका निमित्त प्रमुख विनय श्रीवास्तवले कारागारको विषयमा आवश्यक जानकारी गराएका थिए 

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  ४ : ५० बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको