तिहारको उल्लासले रमाइलो गाउँघर (तस्बिरहरू) « Khabarhub

तिहारको उल्लासले रमाइलो गाउँघर (तस्बिरहरू)


१७ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

गोरखा- यतिबेला देशभर चाडपर्वको रौनक छ । के सहर के गाउँ सबैतिर तिहारको उल्लास छाएको छ ।

सहर होस् या गाउँ सबैतिर मखमली, गोदावरी, सयापात्री फूलेले सजिएका छन्। नेपाल गाउँ नै गाउँले बनेको देश भएकाले चाडवाडमा पनि गाउँतिर धेरै रमाइलो देखिन्छ ।

गोरखाको अजिरकोट नगरपालिकास्थित नामकी र सिरानडा यस्तै गाउँमध्ये एक हुन् । यी दुवै गाउँ पर्यटकीय हिसाबले पनि आकर्षक छन् ।

तामाङ जातिको बाहुल्यता रहेको नामकी र सिरानडाँडा गाउँमा अहिले चाडवाडका कारण आन्तरिक पर्यटक पुगेका छैनन् ।

तर यहाँ पर्यटकका लागि परम्परागत शैलीमा निर्माण गरिएका होमस्टे र पाहुना घर बनाइएको छ ।

पर्यटकहरू यहाँ राजधानी काठमाडौंलगायत विभिन्न ठाउँबाट घुम्न पुग्छन् ।

काठमाडौंबाट १ सय ६० किलोमिटर टाढा रहेको यो गाउँ पर्यटकका लागि नयाँ गन्तव्य हो ।

स्वच्छ र स्वच्छ हावा, प्राङ्गारिक खाना,  स्थानीय रीतिरिवाज र संस्कृति यहाँको आकर्षण हो । सफा मौसममा यहाँबाट हिमचुली र बौद्ध हिमालले मनै मोहित बनाउँछन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

 

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  ५ : ०८ बजे

भोटेकोशी बाढी : कास्कीका १४ जना सम्पर्कविहीन

गण्डकी – रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीमा कास्कीका

प्रभावित क्षेत्र पुगेर फर्किएपछि प्रधानमन्त्रीले भने : सबै संयन्त्र पूर्ण क्षमतामा परिचालित छन्

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नुवाकोट पुगेर बाढीपहिरो प्रभावित

विपद् व्यवस्थापनमा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाइने

काठमाडौं– विपद् व्यवस्थापनमा खटिने सुरक्षाकर्मीले दैनिक खाजा खर्च र प्रोत्साहन

भोटेकोशी बाढी : ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी ज्यान