कमला नदीमा अस्याथी पुल निर्माण « Khabarhub

कमला नदीमा अस्याथी पुल निर्माण


१७ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

सिरहा – सिरहा र धनुषा जिल्लालाई जोड्ने हुलाकी सडकअन्तर्गत कमला नदीमा काठको अस्थायी पुल निर्माण गरिएको छ । कमला नदीको पुल भत्केपछि नदी पार गर्न समस्या भएपछि सिरहा नगरपालिकाले उक्त पुल निर्माण गरेको हो ।

नदी पार गर्न साइकल यात्रुबाट शुल्क नलिए पनि मोटरसाइकल चालकबाट भने रु २० शुल्क लिने गरिएको सिरहा–६ का वडाध्यक्ष इन्द्रजीत यादवले बताए ।

सिरहा नगरपालिकाले पुलको दुवैतर्फ नगरपालिकाका कर्मचारी खटाएको छ । यसअघि व्यक्तिगतरुपमा पुल निर्माण गरी रकम लिने गरेकामा अब भने नगरपालिकाले यसबाट राजश्वज सङ्कलन गर्ने उनले बताए ।

“सङ्कलन भएको रकमबाट पुल मर्मत सम्भार गरिने छ”, वडाध्यक्ष यादवले बताए । हुलाकी सडकअन्तर्गत सप्तरी–सिरहा खण्डमा सडक कालोपत्र गरिए पनि कमला नदीमा पक्की पुल नबन्दा समस्या भएको छ ।

यसअघि निर्माण गरिएको कमला नदीको पक्की पुल २०७८ असार १७ गतेको बाढीले भाँसिएको थियो । त्यसयता उक्त पुल पुनःनिर्माण हुन नसकेको वडाध्यक्ष यादवले बताए ।

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  ८ : ३० बजे

उधौलीले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग गर्छ : राष्ट्रपति पौडेल

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा

धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना

सिरहा – सिरहाको धनगढीमाई-३ कुर्वा गाउँको सानो मुसहर बस्तीमा यतिबेला

आज धान्य पूर्णिमा र योमरी पुन्हि

काठमाडौं – मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा

यो वर्ष हिउँदमा कम वर्षा हुने, कति चिसो बढ्ला ?

काठमाडौं – मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा

आज किराँत समुदायको उँधौली पर्व : हात्तीवनमा च्याबु्ङको तालमा धाननाच

काठमाडौं – मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र