विश्वकप लिग–२ : नेपालले टस जितेर बलिङ रोज्यो « Khabarhub

विश्वकप लिग–२ : नेपालले टस जितेर बलिङ रोज्यो


१७ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


708
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइसीसी विश्वकप लिग–२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिज अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले टस जितेको छ । ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ रोजेका हुन् ।

जारी सिरिजमा नेपालले २ खेलमा एक हार र एक जित हासिल गरेको छ भने अमेरिकाले ३ खेलमा २ हार र एक जित हासिल गरेको छ । अमेरिकाले यस सिरिजमा नेपाललाई पराजित गरेको थियो भने स्कटल्याण्डविरुद्धका दुवै खेलमा हार बेहोरेको थियो ।

त्यस्तै अमेरिकाविरुद्ध हार बेहोरेको नेपालले स्कटल्याण्डलाई पराजित गरेको थियो । लिग२ मा अहिलेसम्म अमेरिका ११ खेलमा १४ अंक हासिल गर्दै दोस्रो स्थानमा छ भने नेपाल १० खेलमा ५ अंकसहित सातौं स्थानमा छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  ८ : ४३ बजे

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था

हराउँदै ढिँकीको ‘ढुक…ढुक…’

लमजुङ– कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति

सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा कांग्रेसको आपत्ति

सुदूरपश्चिम– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । सरकार

‘राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै