ताप्लेजुङको सिरिजङ्घा-३ एमालेका सावादेन निर्वाचित « Khabarhub

ताप्लेजुङको सिरिजङ्घा-३ एमालेका सावादेन निर्वाचित


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ – ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कुमारी सावादेन निर्वाचित भएकी छन्। आइतबार भएको उपनिर्वाचनमा उनी तीन सय ५३ मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठले जानकारी दिए।

सावादेनका निकटम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अम्वी सावादेनले दुई सय ५१ मत प्राप्त गरेका छन्। साथै नेपाली कांग्रेसका भीमकुमार लक्सम्वाले दुई सय १८ प्राप्त गर्दा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजेन्द्र लिम्बूले ५४ र राष्ट्रिय स्वतन्त्र पार्टीका देवीप्रसाद पौडेल सात मत प्राप्त गरेका छन्।

कूल एक हजार पाँच सय २८ मतदातामध्ये आठ सय ९२ मत खसेको थियो। जसमा नौ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ।

विसं २०७९ को स्थानीय तहको निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित दिलप्रसाद बोखिमले राजीनामा दिएपछि यहाँ उपनिर्वाचन भएको हो।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ७ : ४३ बजे

जेनजी आन्दोलनको एक वर्ष : शङ्कर पोखरेल भन्छन्- ‘घुसपैठ गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्छ’

काठमाडौँ – नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले गत वर्षको ‘जेनजी

रसुवा विपद्: श्रीमान्‌को खोजीमा १३ दिनदेखि कार्यालय धाउँदै पूजा

जनकपुरधाम – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका इन्जिनियर

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी – बैतडीको दोगडाकेदार गाउँपालिका–५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग

जेनजी आन्दोलनको एक वर्ष : सरकारलाई ‘सही ट्रयाकमा फर्किन’ चेतावनी

काठमाडौँ – जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनको एक वर्ष पूरा

सामाजिक सञ्जालमा अफवाह र घृणास्पद सामग्री फैलाउनेविरुद्ध प्रहरी आक्रामक

काठमाडौँ – सामाजिक सञ्जालमार्फत गलत सूचना, भ्रामक प्रचार र जातीय