बाजुराको स्वामिकार्तिक खापरको उपाध्यक्षमा एमाले उम्मेदवार विजयी « Khabarhub

बाजुराको स्वामिकार्तिक खापरको उपाध्यक्षमा एमाले उम्मेदवार विजयी


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी उम्मेदवार सुलोचना कुमारी बुढा भण्डारी विजयी भएकी छिन् । आज बिहान सम्पन्न मतगणना अनुसार भण्डारी १ हजार ७४० मत ल्याएर विजयी भएकी हुन् ।

उनका निकटतम प्रतिद्वन्द्व नेपाली कांग्रेसकी पुल्तीसरा शाहीले १ हजार ४७४ मत प्राप्त गरिन् । यस्तै, एकीकृत समाजवादीकी जवा शाहीले ५५३ मत पाएर तेस्रो भइन् ।

यसअघिको निर्वाचनमा यस गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसले जित हासिल गरेको थियो ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ८ : ०३ बजे

आजको मौसमको : तराईमा हुस्सु, हिमाल–पहाडमा आंशिक बदली

काठमाडौं– देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन भएको

अत्यधिक चिसोमा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको चहलपहल

मुस्ताङ– अत्यधिक चिसो हुँदा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको

आगामी जेठमा ‘एभरेष्ट टुरिजम अवार्ड’ र विश्व शान्ति सम्मेलन

काठमाडौं– एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्ट प्रालिको आयोजनामा आगामी जेठ १५

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौं– नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

प्रतिनिधिसभा निर्वाचन ६४ दिन बाँकी, ६४ दलले बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका