चितवनका तनवीर चम्किँदा पावर प्लेमै काठमाडौंले गुमायो चार विकेट « Khabarhub

चितवनका तनवीर चम्किँदा पावर प्लेमै काठमाडौंले गुमायो चार विकेट


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शनिबारदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल)मा अहिले काठमाडौँ गुर्खाज र चितवन राइनोज प्रतिस्पर्धा गर्दैछन्। टस जितेर सुरुमा फिल्ड रोजेको चितवनले पावर प्लेमै काठमाडौंको चार विकेट लिएको छ। चितवनका लागि सोहेल तनवीरले तीन विकेट लिएका छन् भने चितवनका मार्की खेलाडी कुशल मल्लले एक विकेट लिए।

तनवीरले काठमाडौंका स्टेफेन इस्कीनाजीलाई चार बलमा दुई रन बनाउँदा पहिलो विकेटका रुपमा पेभिलिन फर्काएका थिए भने दोस्रो विकेटको रुपमा नेदरल्याण्ड्सका माइकल लेभिटलाई १६ बलमा २५ रन बनाउँदा आउट गरे। तेस्रो विकेटका रुपमा चितवनमा मार्की खेलाडी कुशल मल्लले काठमाडौंका जेरार्ड इरासमसलाई चार बलमा चार रन बनाउँदा आउट गरेका हुन्।

व्यक्तिगत तेस्रो र चितवनका लागि चौथो विकेट लिँदा तनवीरले काठमाडौंका भीम सार्कीलाई चार बलको सामना गरेर १ रन बनाउँदा आउट गरेका हुन्।

यी दुवै टोली बागमती प्रदेशअन्तर्गतकै टोली हुन्। काठमाडौँ स्पोर्ट्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमाडौँ गुर्खाजको मार्की खेलाडीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसी छन्। उनीसँग विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूको राम्रो अनुभव छ।

काठमाडौँ गुर्खाजमा करणसँगै राष्ट्रिय टोलीबाट खेलिसकेका भीम सार्की र साहब आलम छन्। यस्तै यु–१९ बाट खेलेका दीपेश कँडेल तथा अन्य खेलाडीमा रासिद खान, कृष्ण कार्की, सुमित महर्जन, शङ्कर राना, राजु रिजाल, प्रतीक श्रेष्ठ र विवेक केसी छन्।

त्यसैगरी काठमाडौँ गुर्खाजमा पाँच विदेशी खेलाडी छन्। नामिबियाका कप्तान जेरार्ड इरासमस, नेदरल्याण्ड्सका माइकल लेभिट, इंग्ल्यान्डका स्टेफेन इस्कीनाजी, डान डौथवेट र नाथन सोटर यसैटोलीबाट खेल्दै छन्।

चितवन राइनोजका मार्की खेलाडी नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल मल्ल हुन्। उनीसँग पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलेको अनुभव छ।

चितवन राइनोजमा मल्लसहित, अमरसिंह रौतेला, विपिन रावल, दीपक बोहरा, दिपेश श्रेष्ठ, गौतम केसी, कमलसिंह ऐरी, रञ्जितकुमार, रिजन ढकाल, सन्तोष कार्की, शरद भेस्वाकर छन्। त्यस्तै, विदेशी खेलाडी रवि बोपरा, मर्साडी लङ्गा, ल्यूक मार्टिन बेनकेन्स्टाइन, हसन इसाखिल, जान निकोल लोफ्टी–इटन पनि यसैटोलीबाट खेल्दैछन्।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ९ : ४७ बजे

उदयपुरमा भेटिएको शंकास्पद वस्तु नष्ट गरियो

उदयपुर – जिल्लाको चौदण्डीगढी नगरपालिका–२ लाटीखोलास्थित मदन भण्डारी सडकमार्गमा फेला

इजरायल–अमेरिकी आक्रमण : इरानको नयाँ सर्वोच्च नेता चयन गर्ने भवन निशानामा

तेहरान – इजरायल र अमेरिकाले मङ्गलबार इरानको नयाँ सर्वोच्च नेता

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौं – देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

मध्यपूर्वको तनावले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता

काठमाडौं – इजरायल–अमेरिका र इरानबीचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक

खोटाङमा मतगणनास्थल निर्माण

खोटाङ – खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थल तयार पारेको