तनवीरले पाँच विकेट लिएको खेलमा काठमाडौंले चितवनलाई दियो ११२ रनको चुनौती | Khabarhub Khabarhub

तनवीरले पाँच विकेट लिएको खेलमा काठमाडौंले चितवनलाई दियो ११२ रनको चुनौती


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो खेलमा काठमाडौँ गुर्खाजले चितवन राइनोजलाई ११२ रनको चुनौती दिएको छ। सोमबार बिहान कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियु) मैदानमा टस हारेर सुरुमा ब्याटिङ गरेको काठमाडौंले पूरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १११ रन बनाएको हो।

काठमाडौंका लागि सुमित महर्जनले सर्वाधिक २९ रन बनाए। क्रिजमा टिकेर खेलका महर्जनले ४१ बलको सामना गर्दा एउटा मात्र चौका प्रहार गरे। माइकल लेभिटले १६ बलमा २५ रन बनाउँदा चार चौका र एक छक्का हिर्काए। शंकर रानाले १६ रन जोडेको खेलमा डान डौथवेटले नटआउट १८ बलमा १९ रन बनाए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन जोड्न सकेनन्।


पावर प्लेमै काठमाडौंको चार विकेट लिएको चितवनले काठमाडौंमाथि खेलको सुरुमै दबदबा बढाएको थियो। चितवनका लागि सोहेल तनवीरले पाँच विकेट लिँदा मार्की खेलाडी कुशल मल्ल, अमरसिंह रौतेला र ल्यूक मार्टिन बेनकेन्स्टाइन र रिजन ढकालले एकएक विकेट लिएका हुन्। चितवनले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

अहिले प्रतिस्पर्धामा रहेका यी दुवै टोली बागमती प्रदेशअन्तर्गतकै टोली हुन्। काठमाडौँ स्पोर्ट्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमाडौँ गुर्खाजको मार्की खेलाडीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसी छन्। उनीसँग विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूको राम्रो अनुभव छ।

काठमाडौँ गुर्खाजमा करण केसीसँगै राष्ट्रिय टोलीबाट खेलिसकेका भीम सार्की र साहब आलम छन्। यस्तै यु–१९ बाट खेलेका दीपेश कँडेल तथा अन्य खेलाडीमा रासिद खान, कृष्ण कार्की, सुमित महर्जन, शङ्कर राना, राजु रिजाल, प्रतीक श्रेष्ठ र विवेक केसी छन्।

काठमाडौँ गुर्खाजमा पाँच विदेशी खेलाडी छन्। नामिबियाका कप्तान जेरार्ड इरासमस, नेदरल्याण्ड्सका माइकल लेभिट, इंग्ल्यान्डका स्टेफेन इस्कीनाजी, डान डौथवेट र नाथन सोटर छन्।

चितवन राइनोजका मार्की खेलाडी नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल मल्ल हुन्। उनीसँग  विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलेको अनुभव छ।

चितवन राइनोजमा मल्लसहित, अमरसिंह रौतेला, विपिन रावल, दीपक बोहरा, दिपेश श्रेष्ठ, गौतम केसी, कमलसिंह ऐरी, रञ्जितकुमार, रिजन ढकाल, सन्तोष कार्की, शरद भेस्वाकर छन्। त्यस्तै, विदेशी खेलाडी रवि बोपरा, मर्साडी लङ्गा, ल्यूक मार्टिन बेनकेन्स्टाइन, हसन इसाखिल, जान निकोल लोफ्टी–इटन छन्।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  १० : ४३ बजे

चिसोमा घाम ताप्दै बदाम खानुका यति धेरै फाइदा

काठमाडौं– चिसो मौसमलाई सुन्तला बदाम खाने सिजनको रूपमा पनि लिइन्छ

सोमबार २० अंकले बढ्यो नेप्से, कारोबार १० अर्ब बढी

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) करिब २० अंकले बढेको

विश्वकै दुर्लभ ह्वेलको अनुसन्धानमा न्युजिल्यान्डका वैज्ञानिक

एजेन्सी – न्युजिल्यान्डका वैज्ञानिकहरूले सोमबारदेखि विश्वकै दुर्लभ मानिएको ह्वेलको विश्लेषण

कांग्रेसबाट माओवादीमा प्रवेश गरेका माझीले कांग्रेसलाई नै हराए

विराटनगर– मोरङको ग्रामथान गाउँपालिकामा माओवादीका नमोनारायण माझी विजयी भएका छन्

कांग्रेसमा किचलो : समानान्तर भेला गर्दै शेखर समूह, रोक्न खोज्दै संस्थापन पक्ष

विराटनगर– मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा हारलगत्तै कोशी कांग्रेसमा किचलो सुरु