ब्याटर सस्तैमा समेटिँदा संकटमा कर्णाली एक्स | Khabarhub Khabarhub

ब्याटर सस्तैमा समेटिँदा संकटमा कर्णाली एक्स


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग ‘एनपीएल’ अन्तरगतको सोमबारको दोस्रो खेल कर्णाली एक्स र जनकपुर बोल्ट्सबीच जारी छ । टस टिजेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको कर्णालीका ओपनर चल्न सकेनन् ।

पहिलो विकेटमा रुपमा ओपनर देव खनाल बोल्ड भए । पाँच बल खर्च गरेर एक रन जोडेका देवलाई ललित रावंशीले बोल्ड गरेका हुन् । त्यस्तै दोस्रो विकेटका रुपमा अर्का ओपनर शिखर धवन आउट भए । टिमको पहिलो खेलमा उनी पनि चल्न सकेनन् । १४ बलमा १४ रन मात्रै जोडे । हर्ष थाकर बोल्ड गरेका हुन् ।

कर्णालीका अर्का ब्याटर चाडविक वाल्टनको ब्याटिङ पनि सम्झनलायक बनेन् । उनी १२ बल खर्चेर ८ रनमै पवेलियन फर्किए । उनले मोहम्मद मोहसिनको बलमा एलपीडब्ल्यू आउट गरेका हुन् ।

बाबर हायते २५ बल खर्चेर १२ रन जोडे । उनीलाई मोहम्मद मोहसिनले जेम्मस निसमले क्याच मार्फत आउट गराए ।

जिशान मकसूद रनको खाता खोल्नै सकेनन् । जेम्सले उनलाई एलपीडब्ल्यू आउट गरे । गुलशन झाले भने टिमलाई लयमा फर्काउने कोशिस गरे । उनले ३६ रन जोडे । २७ बल खेलेका उनलाई किशोर महतोले बोल्ड गरे ।

कर्णालीले १६ ओभरमा ६ विकेटको क्षतिमा ८४ रन जोडेको छ । सुरुवाती क्रमका ब्याटर झिनो रन जोड्दै आउट भएपछि जनकपुरलाई लक्ष्य पछ्याउन सहज हुने देखिएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  २ : २१ बजे

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्‌घाटन

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा

टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू) 

काठमाडौं – रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो