ब्याटर सस्तैमा समेटिँदा संकटमा कर्णाली एक्स « Khabarhub

ब्याटर सस्तैमा समेटिँदा संकटमा कर्णाली एक्स


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग ‘एनपीएल’ अन्तरगतको सोमबारको दोस्रो खेल कर्णाली एक्स र जनकपुर बोल्ट्सबीच जारी छ । टस टिजेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको कर्णालीका ओपनर चल्न सकेनन् ।

पहिलो विकेटमा रुपमा ओपनर देव खनाल बोल्ड भए । पाँच बल खर्च गरेर एक रन जोडेका देवलाई ललित रावंशीले बोल्ड गरेका हुन् । त्यस्तै दोस्रो विकेटका रुपमा अर्का ओपनर शिखर धवन आउट भए । टिमको पहिलो खेलमा उनी पनि चल्न सकेनन् । १४ बलमा १४ रन मात्रै जोडे । हर्ष थाकर बोल्ड गरेका हुन् ।

कर्णालीका अर्का ब्याटर चाडविक वाल्टनको ब्याटिङ पनि सम्झनलायक बनेन् । उनी १२ बल खर्चेर ८ रनमै पवेलियन फर्किए । उनले मोहम्मद मोहसिनको बलमा एलपीडब्ल्यू आउट गरेका हुन् ।

बाबर हायते २५ बल खर्चेर १२ रन जोडे । उनीलाई मोहम्मद मोहसिनले जेम्मस निसमले क्याच मार्फत आउट गराए ।

जिशान मकसूद रनको खाता खोल्नै सकेनन् । जेम्सले उनलाई एलपीडब्ल्यू आउट गरे । गुलशन झाले भने टिमलाई लयमा फर्काउने कोशिस गरे । उनले ३६ रन जोडे । २७ बल खेलेका उनलाई किशोर महतोले बोल्ड गरे ।

कर्णालीले १६ ओभरमा ६ विकेटको क्षतिमा ८४ रन जोडेको छ । सुरुवाती क्रमका ब्याटर झिनो रन जोड्दै आउट भएपछि जनकपुरलाई लक्ष्य पछ्याउन सहज हुने देखिएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  २ : २१ बजे

नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री

काठमाडौं– भारतले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि ३७.५

बुद्ध एयरको स्पष्टीकरण : विपद्का बेला साबिककै भाडादरमा थप उडान गरिरहेका छौँ

काठमाडौं– भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोपछि हवाई भाडादर बढाइएको

परराष्ट्रमन्त्री र बङ्गलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता

काठमाडौं–  परराष्ट्रमन्त्री शिशिर खनाल र बङ्गलादेशका विदेशमन्त्री डा. खलिलुर रहमानबीच आज

विपद्‍मा सरकारलाई विपक्षीको ढाड्स- हामी साथमा छौं, सरकारले काम गरोस् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले  बोलाएको सर्वदलीय बैठकमा

रसुवा बाढी पीडितलाई मह जोडीको दुई लाख सहयोग

काठमाडौं – चीन-नेपाल बाढीमा प्रभावितको लागि कलाकार जोडी मदनकृष्ण श्रेष्ठ