चिसोमा घाम ताप्दै बदाम खानुका यति धेरै फाइदा « Khabarhub

चिसोमा घाम ताप्दै बदाम खानुका यति धेरै फाइदा


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिसो मौसमलाई सुन्तला बदाम खाने सिजनको रूपमा पनि लिइन्छ । बदाम बाह्रै महिनामा पाइने भए पनि जाडो मौसममा घाम ताप्दै बदाम खानेहरू बढी हुन्छन् । जाडो मौसमको न्यानो घाममा साथीहरू जम्मा भएर बदाम खादा रमाइलो मात्र होइन स्वास्थ्यका लागि पनि निकै फाइदाजनक हुन्छ । जाडोमा घाममा बसेर सुन्तलासँग बदाम खानुको मज्जा छुट्टै हुन्छ । यसमा पर्याप्त मात्रामा पौष्टिक तत्व पाइन्छ । यसले शरीरमा विभिन्न लाभहरू पुर्‍याउँछ ।

बदाम प्रोटिनको श्रोत मानिन्छ। यसमा प्रशस्त मात्रामा प्रोटिन रहेको हुन्छ। शरीरको वृद्धि विकासका लागि प्रोटिन नभई नहुने तत्त्व हो। बदाम बढ्दो उमेरका केटाकेटी तथा वृद्ध वृद्धाका लागि राम्रो मानिन्छ।

नियमित बदाम खादा हुने फाइदा

मोटोपना घटाउन

बदाम खाँदा पेट छिटो भरिने भएकाले तुरुन्तै अर्को खाने कुरा खान मन लाग्दैन।जसले गर्दा शरीरले अनावश्यक क्यालोरी लिन पाउँदैन। यसले गर्दा मोटोपन भएकाहरूको सजिलै तौल घट्न सक्छ।

रोग प्रतिरोधात्मक शक्ति बढाउँछ

नियमित बदाम खाँदा मुटुसम्बन्धी समस्याबाट बच्न सकिन्छ। बदाम खाने व्यक्तिमा डिप्रेसनका समस्या एकदम न्यून हुन्छ। क्यान्सरबाट बचाउँछ : बदाममा फाइटोस्टेरोलु नाम गरेको तत्त्व हुन्छ। यसले सामान्यतया ट्युमरलाई नियन्त्रण गर्छ र क्यान्सर हुनबाट जोगाउँछ।एक अध्ययनअनुसार हप्ताका दुई पटक बदाम खाने महिलामा ५८ प्रतिशत र पुरुषमा २७ प्रतिशत कोलोन क्यान्सरको खतरा कम हुन्छ।

फोलिक एसिड

बदाममा प्रशस्त मात्रामा फोलिक एसिड रहेको हुन्छ। यसले महिलामा प्रजनन क्षमता बढाउँछ।यसका साथै गर्भमा रहेको शिशुको वृद्धि विकासमा पनि ठूलो भूमिका खेल्छ।विभिन्न अध्ययनले देखाएको छ कि गर्भवती हुनुअघि वा पछि नियमित बदाम खाएका आमाबाट जन्मिने शिशु स्वस्थ जन्मिन्छन्।यसका साथै जन्मिएका शिशुमा मुटुसम्बन्धी खतरा निकै कम हुन्छ।

छाला चम्किलो बनाउन

बदामले औषधिको काम पनि गर्छ। यदि अनुहारको छालामा फुस्रो वा दाग छ भने बदामको प्रयोग गरी सुन्दर छाला बनाउन सकिन्छ।नियमित बदाम खाएमा छालामा हुने सुख्खा वा खस्रोपनाबाट बचाउँछ।

भिटामिन सी पाउन

बदाममा भिटामिन सी पाइन्छ। यसले घाँटी खसखस हुने वा सुख्खा हुनबाट बचाउँछ। साथै नियमित बदाम खाएमा रुघाखोकीको जोखिम कम रहन्छ।

कपालको लागि

नियमित बदाम खाँदा कपालको सुन्दरतामा वृद्धि हुन्छ। बदाममा कपाल लामो र सुन्दर बनाउने तत्त्व रहेको हुन्छ। यसको सेवन गर्दा कपाल झर्ने टुक्रने तथा फुस्रो हुने समस्या आउँदैन। त्यसैले बदामको नियमित सेवन गर्नु बुद्धिमानी मानिन्छ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ३ : २६ बजे

ट्रम्प र सीबीच टेलिफोन वार्ता

काठमाडौं – चीनका राष्ट्रपति सी चिनफिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग

नायिका गरिमा शर्मा अमेरिकामा, नेपालमा इन्गेजमेन्टको हल्ला चलेपछि गरिन् खण्डन

काठमाडौं- नेपाली कलाकारहरूबारे विभिन्न हल्लाहरु समयसमयमा आइरहन्छन्। कलाकार विभिन्न हल्लाको

जेनजी आन्दोलनमा प्रहरी कार्यलयबाट लुटिएका हतियारसहित कांग्रेस नेता लिङ्देनका छोरा पक्राउ

काठमाडौं – जेनजी आन्दोलनका क्रममा कामठाडौं प्रहरी कार्यालयबाट लुटिएका हतियारसहित

टीओबी समूहका ५६ सदस्य नेपाली, तेन्जिन मात्र तिब्बतसँग जोडिए

काठमाडौं- गत भदौ २४ गतेको जेन–जी प्रदर्शनमा वातावरण भड्काएको आरोप

विवाहपञ्चमीको पाँचौ दिन आज मटकोर

जनकपुर – जनकपुरधाममा जारी साताव्यापी सीताराम विवाहपञ्चमी महामहोत्सवको आज पाँचौं