लीलावल्लभको पद गएपछि रेवतीरमण बने कोशीका आन्तरिक मामिलामन्त्री « Khabarhub

लीलावल्लभको पद गएपछि रेवतीरमण बने कोशीका आन्तरिक मामिलामन्त्री


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रीमा एमाले सांसद रेवतीरमण भण्डारी नियुक्त भएका छन्।

मुख्यमन्त्री हिक्मत कार्कीले सोमबार भण्डारीलाई मन्त्रीमा नियुक्त गरेका हुन्। भण्डारी सुनसरी निर्वाचन क्षेत्र नम्बर २ (क) बाट २०७९ मंसिरमा भएको प्रदेश सभा सदस्य निर्वाचित भएका थिए। कानून पृष्ठभूमिका उनी एमाले राजनीतिमा खारिएका इमानदार नेता मानिन्छन्।

यसअघि आन्तरिक मामिलामन्त्री रहेका लीलावल्लभ अधिकारीलाई जापानमा मानव तस्करी प्रकरणमा तानिएपछि राजीनामा गराइएको थियो।

अन्य बिचौलियाहरू जेल चलान भए पनि अधिकारीलाई भने जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा चलाएको थिएन।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ५ : १८ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको