अर्थसंक्षेप : एक सातामै धरहराबाट १५ लाख राजस्व संकलन, २० अंकले बढ्यो नेप्से « Khabarhub

अर्थसंक्षेप : एक सातामै धरहराबाट १५ लाख राजस्व संकलन, २० अंकले बढ्यो नेप्से


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौंदिनभर आज अध्ययनमै सीमित भए अधिकांश सुरुङमार्ग, बजेटमै कञ्जुस्याइँ गर्छ सरकार,२० अंकले बढ्यो नेप्से, कारोबार १० अर्ब बढी, एक सातामै धरहराबाट १५ लाख राजस्व संकलन, किबी उत्पादन दोब्बर, बिक्री नहुँदा किसान मारमा, हेटौँडा सिमेन्ट उद्योगले पुसदेखि पुनः उत्पादन थाल्ने, सेती लोकमार्ग निर्माण सुस्त, रूख कटानको आदेश नआउदा समस्यालगायतका आर्थिक समाचारले प्रमुख स्थान पाए ।

हेर्नुहोस् आजका आर्थिक खबर विस्तृतमा

अध्ययनमै सीमित भए अधिकांश सुरुङमार्ग, बजेटमै कञ्जुस्याइँ गर्छ सरकार

सरकारले हालसम्म अघि बढाएका अधिकांश सुरुङमार्ग परियोजनाहरू अध्ययनमै सीमित बन्न पुगेका छन् । सडक सञ्जाललाई छोट्याउन र छिटो, छरितो हुने पूर्वाधार संरचना निर्माणअन्तर्गत सरकारले सुरुङमार्गको योजना अघि बढाइएको हो । सरकारले देशका विभिन्न सडकखण्डमा सुरुङमार्ग बनाउने गरी योजना पहिचान र अध्ययन गरे पनि अपेक्षित उपलब्धिमुलक हुन सकिरहेको छैन ।

हालसम्म देशभर दुई दर्जनभन्दा बढी सुरुङमार्गको पहिचान गरिए पनि अधिकांशको निर्माण अघि बढ्न सकेको छैन । अर्थात्, अधिकांश सुरुङ परियोजनाहरू अध्ययनकै चरणमा छन् ।

सोमबार २० अंकले बढ्यो नेप्से, कारोबार १० अर्ब बढी

सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) करिब २० अंकले बढेको छ । आज नेप्से १९.९७ अंकले बढेर २७५८.०४ विन्दुमा पुगेको छ ।

नेप्से ०.७२ प्रतिशतले बढ्दा १० अर्ब ५४ करोड १७ लाख ४६ हजार रुपैयाँ बराबरको २ करोड ३० लाख ११ हजार ३६१ कित्ता शेयर कारोबार भएको छ।

किबी उत्पादन दोब्बर, बिक्री नहुँदा किसान मारमा

केपिलासगढी गाउँपालिका–१ फेदीका धनकुमार राईको फार्ममा लटरम्मै किबी पाकिसकेका छन् । १२ वर्ष अघिदेखि किबीको व्यावसायिक खेती सुरु गरेका राई जिल्लाकै पहिलो किबी किसान हुन् ।

सुरुका वर्षमा प्रति केजी चार सय सम्मले बिक्री गरेका उनले यसवर्ष बोटमै किबी पाकिसक्दा पनि टिपेका छन् । उनको फार्ममा करिब चार हजार किलो किबी उत्पादन भएको अनुमान गरिएको छ ।

सेती लोकमार्ग निर्माण सुस्त, रूख कटानको आदेश नआउदा समस्या

नेपाल सरकारको प्राथमिक योजना हो, सेती लोकमार्ग । सुदूरपश्चिमको समृद्धिसँग जोडिएको यो लोकमार्ग आर्थिक वर्ष २०६५-६६ बाट निर्माण सुरु गरिएको थियो ।

सुदूरपश्चिम प्रदेशको विकासमा फट्को मार्ने अपेक्षा गरिएको उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरव आयोजनाको निर्माण भने सुस्त गतिमा भइरहेको छ ।

एक सातामै धरहराबाट १५ लाख राजस्व संकलन

विसं २०७२ को भूकम्पले पूर्ण क्षति भएपछि पुनः निर्माण सम्पन्न ऐतिहासिक धरहराबाट एक सातामा १४ लाख ७० हजार राजस्व संकलन भएको छ ।

यही मङ्सिर ९ गतेदेखि सर्वसाधारणका लागि शुल्कसहित खुला गरिएको धरहराबाट १६ गते आइतबारसम्म १४ लाखभन्दा बढी राजस्व संकलन भएको हो ।

हेटौँडा सिमेन्ट उद्योगले पुसदेखि पुनः उत्पादन थाल्ने

हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले आगामी पुसको पहिलो साताबाट पुनः सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको छ ।

उद्योग व्यवस्थापनले मङ्सिरमै सिमेन्ट उत्पादन सुरु गर्ने बताए पनि उद्योगको विभिन्न उपकरणहरु मर्मतको काम नसकिँदा अझै उत्पादन सुरु हुन नसकेको हो ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ६ : ४३ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

आज अन्तर्राष्ट्रिय ‘ज्याज’ दिवस मनाइँदै

काठमाडौँ– आज विश्वका विभिन्न देशमा अन्तर्राष्ट्रिय ज्याज दिवस मनाइँदैछ ।

पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै

लिस्बन– विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७०औँ जन्मजयन्ती पोर्चुगलमा

प्रशासनिक सुधारमा कठोर बन्दै सरकार : के भन्छन् प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार ?

काठमाडौँ – सरकारले सार्वजनिक सेवा प्रवाह र प्रशासनिक प्रणालीमा रहेका

६ महिनामा २६ सय बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

कञ्चनपुर– कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको ६ महिनामा