कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने | Khabarhub Khabarhub

कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले विभिन्न प्रदेशका कृषि वस्तु उत्पादनका आधारमा विशेष क्षेत्र घोषणा गर्ने भएको छ ।

सरकारले चालु आर्थिक वर्षदेखि १० वर्षलाई घोषणा गरेको कृषिमा लगानी दशकमा सम्बन्धित प्रदेशको भूगोल, बजार सम्भाव्यता, कृषि उत्पादन तथा उपजका आधारमा मन्त्रालयले विशेष क्षेत्र तोक्न लागेको हो । यस कार्यका लागि सातै प्रदेशमार्फत सुझाव संकलन सुरू गरिएको मन्त्रालयलका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए।

प्रदेशले सम्बन्धित स्थानीय तहसँग समन्वय गरी पालिकासम्मको सूचना संकलन गरी मन्त्रालयलाई सुझाव दिने जनाइएको छ । उनका अनुसार तीनवटै तहका सरकारले कृषि उत्पादनको प्रशोधन, भण्डारण, बजारीकरण र औद्योगिकीकरण प्रवर्द्धन गर्ने एकीकृत नीति बनाएर सरकारले गैरसरकारी क्षेत्र, निजी क्षेत्र, विकास साझेदार, किसान र व्यवसायीको समन्वय र सहकार्यमा दश वर्षे कार्यक्रमलाई सफल बनाउने रणनीति तयार गरेको छ ।

मन्त्रालयले कृषि लगानी दशक घोषणालाई सार्थक बनाउन अन्तर मन्त्रालयअन्तर्गत सरकार र अन्तरनिकाय सबैलाई आह्वान गरेको छ । फरकफरक प्रदेशका अलग कृषि उत्पादन तथा उपज प्रशोधन, निर्यात गर्नेलाई उत्पादित उपजका आधारमा कर्जामा ब्याज अनुदान र मल, बिउ प्रदान गरिनेछ ।

कृषि मन्त्रालयको बजेट चालु आव २०८१-८२ मा ५७ अर्ब २९ करोड छ । यो अघिल्लो वर्षको तुलनामा एक अर्ब ६९ करोड कम हो । आव २०८०-८१ मा ५८ अर्ब ९८ करोड थियो ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ७ : ३९ बजे

१५ प्याकेट ब्राउन सुगरसहित रामग्रामबाट एक जना पक्राउ

परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-१२ बाट १५ प्याकेट ब्राउन

कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी

काठमाडौं – काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका कृष्णमान डंगोल

जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा

किएभ – युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग

कञ्चनजङ्गा गोल्डकप : भारतलाई पछि पार्दै धरान सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ – ताप्लेजुङको फुङलिङमा जारी दोस्रो कञ्चनजङ्गा (सेसेलुङ) अन्तर्राष्ट्रिय आमन्त्रण

आजका समाचार : उपनिर्वाचनमा तीन ठूला दलकै पकड, चीन पुगे प्रधानमन्त्री र एनपीएलमा जनकपूर बोल्ट्सको रवाफ

बेइजिङ पुगे प्रधानमन्त्री ओली, उपमन्त्री सुनले गरे स्वागत प्रधानमन्त्री केपी