पोखरा आइटिएफ टेनिस प्रतियोगिता सुरु « Khabarhub

पोखरा आइटिएफ टेनिस प्रतियोगिता सुरु


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की – गण्डकी प्रदेशको राजधानी सहर पोखरामा आजदेखी आइटिएफ ‘वल्र्ड टेनिस टुर जे ३०’ प्रतियोगिता सुरू भएको छ । कास्की टेनिस सङ्घको आयोजनामा पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा सञ्चालन भएको प्रतियोगताको पोखरा महानगर प्रमुख धनराज आचार्यले प्रतियोगिता निर्देशक अजय विष्टलाई टेनिस बल हस्तान्तरण गरेर शुभारम्भ गरे ।

यही मङ्सिर २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १० देशका पुरुष ७० र महिला ३५ गरी एक सय पाँच जना खेलाडीले सहभागिता जनाएका छन् । प्रतियोगितामा नेपालसहित जापान, भारत, चीन, अमेरिका, न्युजील्याण्ड, ताइवान, मङ्गोलिया, बङ्गलादेश र कोरियाका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने कास्की जिल्ला टेनिस सङ्घका सचिव भिष्मराज पौडेलले जानकारी दिए ।

प्रतियोगितामा १३ वर्ष देखि १८ वर्ष उमेर समुहमा हुने प्रतिष्पर्धाका विजेताले समान ३० अङ्क, उपविजेताले १८ अङ्क, सेमिफाइनलिष्टले नौ, क्वाटर फाइनालिष्टले पाँच र आर–१६ले दुई अङ्क प्राप्त गर्नेछन् । त्यस्तै डबल्समा विजेताले २५ अङ्क, उपविजेताले १३ सेमि फाइनालिष्टले छ र क्वाटर फाइनालिष्टले तीन अङ्क प्राप्त गर्नेछन् । खेलाडीले प्राप्त गरेको अङ्कका आधारमा उनीहरुको वरियता निर्धाण हुनेछ ।

प्रतियोगितामा पुरुष एकल तथा डबल्स ̸ महिला एकल तथा डबल्स गरी चार ईभेन्टमा प्रतियोगिता सञ्चालन हुने बिजेता तथा उप–विजेताले प्रमाण–पत्रसहित मेडल प्राप्त गर्नेछन् । कार्यक्रममा महानगर प्रमुख धनराज आचार्यले खेलकुदको माध्यमबाट पर्यटन विकासका साथै राष्ट्रिय सुदृढ बनाएर देशलाई अघि बढाउनुपर्ने बताए । उनले खेलकुद प्रतियोगिता र पूर्वाधार विकासका लागि महानगरले सँधै सहयोग गर्ने स्पष्ट पारे ।

कास्की जिल्ला टेनिस सङ्घका अध्यक्ष राजकुमार गुरुङले पोखरालाई खेलकुद पर्यटनको माध्यमबाट विश्वमा चिनाउन प्रतियोगिताले मद्धत पुगेको बताए । प्रतियोगिता सम्पन्न गर्न करिव रु २१ लाख खर्च हुने गुरुङले बताए ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ९ : ५४ बजे

इरानको तटीय क्षेत्रको एक भवनमा विस्फोट

तेहरान – इरानको खाडी तटमा रहेको बन्दर अब्बास शहरको एक

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न

आजका समाचार : घरदैलो अभियानमा व्यस्त उम्मेदवार, ओलीले मागे चुनावी सुरक्षा र गाजामा इजरायली आक्रमण जारी

न्यु टेस्टका नाममा देशलाई प्रयोगशाला नबनाऔँ : प्रवक्ता चालिसे नेपाली

सुदूरपश्चिम प्रदेश : प्रमुख दलबाट महिला उम्मेदवार न्यून

सुदूरपश्चिम– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचनमा

भेनेजुएलामा आम माफी विधेयक प्रस्तुत, राजनीतिक बन्दीको सम्भावित रिहाइ

एजेन्सी– भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले आम माफी विधेयक प्रस्तुत