विवाह पञ्चमीको तेस्रोदिन मनाइयो धनुषयज्ञ « Khabarhub

विवाह पञ्चमीको तेस्रोदिन मनाइयो धनुषयज्ञ


१८ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

धनुषा – जनकपुरधाममा साताव्यापी रामजानकी विवाह महोत्सवको तेस्रो दिन आज धनुषयज्ञ सम्पन्न भएको छ । विधिवत्रुपमा आइतबार सुरु भएको विवाहपञ्चमी महोत्सवअन्तर्गत मङ्गलबार बाह्रबिघा रङ्गभूमि मैदानमा धनुषयज्ञ सम्पन्न गरिएको हो ।

त्रेतायुगमा झै प्रतीकात्मक रुपमा रामलक्ष्मणको पहिरनमा सजिएको बालकहरुबाट रङ्गभूमि मैदानमा बनाइएको मञ्चमा राखेको धनुष तोड्न लगाएर धनुषयज्ञ मनाइएको हो । प्रतीकात्मक भगवान् रामको रूपमा सजिएको बालकले धनुष तोडेका थिए ।

जानकी मन्दिरका छोटे महन्थ रामरोसन दास वैष्णवका अनुसार सो अवसरमा अयोध्याबाट करिब पाँच सयको सङ्ख्यामा आएका साधुसन्तको जन्ती टोली पनि धनुषयज्ञमा सहभागी भएको थियो ।

जनकपुरमा प्रत्येक वर्ष विवाहपञ्चमी भव्यताका साथ मनाए पनि अयोध्याबाट पाँच वर्षको अन्तरालमा जन्ती आउने गरेको छ । यस पटक चौथोपटक अयोध्याबाट जनकपुर जन्ती आएको हो । प्रत्येक वर्ष विवाहपञ्चमीको अवसरमा भारत–नेपालको विभिन्न ठाउँबाट लाखौँको सङ्ख्यामा श्रद्धालु भक्तजन आउने गरेका छन् । धनुषयज्ञको लागि बनाइएको मञ्च अगाडि पण्डालमा हजारौँ सङ्ख्यामा श्रद्धालको उपस्थिति रहेको थियो ।

प्राचीन मिथिलाको राजधानी जनकपुरमा राजा जनकले सीता स्वयंवरका लागि राखिएको धनुष अयोध्याका राजा दशरथका ज्येष्ठ पुत्र भगवान् रामले तोडेपछि रामसँग सीताको विवाह भएको थियो । सप्ताहव्यापी रूपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन आइतबार साँझ जानकी मन्दिर परिसरमा नगर दर्शन गराइएको थियो । दोस्रो दिन विवाह मण्डपको बगैँचामा फूलबारी लीला दर्शन गराइएको थियो ।

चौथो दिन तिल्कोत्सव, पाँचौँ दिन मटकोर तथा पूजा कार्यक्रम मनाइनेछ । छैटौँ दिनअर्थात् मङ्सिर २१ गते जनकपुरकै राम मन्दिरबाट भगवान् रामको डोला र जानकी मन्दिरबाट निस्केका जानकीको डोला रङ्गभूमि मैदान पुर्‍याउने छ ।

त्यहाँ स्वयंवर तथा सीतारामको विवाह हुनेछ । रामसीता विवाह सम्पन्न भएपछि २२ गते रामकलेवा गरी जन्ती एवं साधुसन्तलाई बिदाइ गर्दै विधिवत् रूपमा विवाह पञ्चमी महोत्सव समापन हुनेछ । रासस

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ११ : २५ बजे

जनक शिक्षामा १० लाख नमुना मतपत्र छापियो

भक्तपुर- जनक शिक्षा सामग्री केन्द्र सानो ठिमीमा आगामी फागुन २१

कुलमानले भने : पदबाट बाहिरिएँ, अब राजनीतिमा होमिएँ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात

कुलमानको राजीनामा बुझ्दै प्रधानमन्त्रीले भनिन् : देशको लागि ठूलो गुन लगाउनुभयो

काठमाडाैं- प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

कर्णाली – बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

कुलमानले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

काठमाडौँ । काठमाडौं- ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान