साउदी अरेबियामा सन् २०२४ मा ३०० भन्दा बढी मृत्युदण्ड « Khabarhub

साउदी अरेबियामा सन् २०२४ मा ३०० भन्दा बढी मृत्युदण्ड


१८ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – मङ्गलबार घोषणा गरिएको चार मृत्युदण्डपछि साउदी अरेबियाले सन् २०२४ मा ३०० भन्दा बढी मानिसलाई मृत्युदण्ड दिएको छ । यसपछि मुलुकको मृत्युदण्डको कूल सङ्ख्या उच्चतम वार्षिक आँकडाभन्दा धेरै नै बढी भएको छ ।

गृह मन्त्रालयलाई उद्धृत गर्दै आधिकारिक साउदी प्रेस एजेन्सीले लागुऔषध तस्करीमा दोषी ठहरिएका तीन जनालाई र अर्का हत्याको अपराधीलाई मृत्युदण्ड दिएको जनाएको छ ।

राज्य सञ्चार माध्यमको रिपोर्टमा आधारित तथ्याङ्कअनुसार यसले यस वर्षका लागि मृत्युदण्डको कुल सङ्ख्या ३०३ पुर्‍याएको छ ।

खाडी राजतन्त्रात्मक मुलुक साउदी अरेबियाले सेप्टेम्बर महिनासम्म मृत्युदण्ड दुई सयपटक लागू गरेको थियो । यसले हालका हप्ताहरूमा मृत्युदण्डको गति तीव्र रहेको देखाउँछ ।

एम्नेस्टी इन्टरनेसनलका अनुसार सन् २०२३ मा साउदी अरेबियाले चीन र इरानपछि विश्वको तेस्रो सबैभन्दा धेरै कैदीहरूलाई मृत्युदण्ड दिएको थियो ।

यसअघि सन् २०२२ मा देशमा एकै वर्षमा मृत्युदण्डको रेकर्ड सङ्ख्या १९६ पुगेको थियो । लन्डनस्थित मानव अधिकार समूहले सन् १९९० मा वार्षिक तथ्याङ्क दर्ता गर्न थालेको बताएको छ ।

बर्लिनस्थित युरोपियन साउदी अर्गनाइजेशन फर ह्युमन राइट्स (ईएसओएचआर)का कानुनी निर्देशक ताहा अल–हज्जीले सन् २०२४ मा मृत्युदण्डको ‘रकेट गति’ को निन्दा गर्दै यसलाई ‘बुझिन नसक्ने र अस्पष्ट’ भनेका छन्‌ ।

मानव अधिकारकर्मीहरूले पहिले साउदी अरेबियाले यस वर्ष ३०० भन्दा बढी मृत्युदण्ड दिन सक्ने चेतावनी दिएका थिए । प्रतिदिन करिब एउटा मृत्युदण्ड दर्ता भइरहेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ८ : ४० बजे

रास्वपा सभापति लामिछाने र अमेरिकी राजदूत गोरबीच दिल्लीमा भेट

काठमाडौँ– भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा तापक्रम बढ्ने

काठमाडौँ – मुलुकमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय

परम्परागत खेती छाडेर सुन्तला बगान, घरमै पुग्छन् ठेकेदार

भोजपुर– टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा परम्परागत अन्नबालीको विकल्पमा सुन्तलाखेती किसानको मुख्य

कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ

कञ्चनपुर – कञ्चनपुर कारागारबाट फरार भएका दुई कैदीलाई प्रहरीले नौ

नेपालगन्ज भन्सारः दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन

बाँके – नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा