प्रधानमन्त्री कप क्रिकेट : उपाधिका लागि आज एपीएफ र कोशी प्रदेश भिड्दै « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : उपाधिका लागि आज एपीएफ र कोशी प्रदेश भिड्दै


१८ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुने खेलमा विभागीय टोली एपीएफ र कोशी प्रदेशबीच उपाधि भिडन्त हुनेछ ।

प्रतियोगितामा एपीएफ अपराजित रहँदै फाइनलमा पुगेको हो । लिग चरणमा सबै खेल जितेर शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायर खेलेको एपीएफले कोशी प्रदेशलाई ५२ रनले पराजित गर्दै फाइनलमा पुगेको थियो ।

त्यस्तै, पहिलो क्वालिफायरमा पराजित भएर दोस्रो क्वालिफायर खेलेको कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

जारी प्रतियोगितामा एपीएफ र कोशीबीच आज तेस्रो भिडन्त हुँदैछ । यस अघिका दुवै खेलमा एपीएफले जितेको थियो । लिग चरणमा एपीएफले ८ विकेटले कोशीलाई पराजित गरेको थियो । अब तेस्रो भिडन्तमा कोशीले एपीएफलाई हराएर बदला लिने अवसर रहेको छ ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ६ : २९ बजे

वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई भ्रममा पार्ने प्रचार सामग्री तीन दिनभित्र हटाउन निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई भ्रममा

ठगी मुद्दामा फरार युनिटी लाइफ इन्टरनेसनलका सञ्चालक पक्राउ

काठमाडौं – केन्द्रीय अनुसन्धान ब्यूरोले ठगी मुद्दामा फरार युनिटी लाइफ

प्रधानमन्त्री कप क्रिकेट : बागमती प्रदेश विजयी

पर्सा – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको

एमाले नेता मल्लबाट बलात्कृत खत्री भन्छिन्- योभन्दा बढी बर्बाद हुन बाँकी के छ र ?

काठमाडौं- सरकारले केही समयअघि नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी