सपनामा आफ्नै बिहे भएको देखे कस्तो फल मिल्छ ? « Khabarhub

सपनामा आफ्नै बिहे भएको देखे कस्तो फल मिल्छ ?


१८ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.2k
Shares
  • change font
  • change font
  • change font

हामी सबैले सुतेको समयमा सपना देख्ने गरेका छौँ । कुनै सपना रमाइलो र रोचक हुने गर्छ भने कुनै डरलाग्दो पनि हुने गर्दछ ।

कतिपय सपना बिउँझदा स्मरणमा रहँदैन भने कतिपय सपना केही दिनसम्म सम्झना दिइरहन्छ ।

वास्तुशास्त्र अनुसार दैनिक जीवनमा हामीले देख्ने कतिपय सपनालाई शभ मानिन्छ भने कतिपयलाई अशुभ मानिन्छ ।

कतिपय सपनामा देखिएका कुरा विपनामा मिल्छ भने कतिपय विपरीत तथा असम्भव कुराहरू पनि देखिन्छ ।

आज हामी यस्तै सपनामध्ये आफ्नै विवाह भएको सपनाका बारेमा चर्चा गर्नेछौँ ।

ज्योतिषशास्त्रअनुसार सपनामा आफ्नै विवाह भएको देखियो भने त्यस्तो सपनालाई शुभ सङ्केत मानिँदैन । यस्तो सपना देख्दा व्यक्तिका काममा कुनै बाधा आउन सक्ने सङ्केत मिल्दछ ।

कोही महिलाको विवाह हुँदै गरेको देख्यो भने त्यसलाई शुभ सङ्केत हुने विश्वास गरिन्छ । यस्तो सपना देखे जीवनमा छिट्टै खुसी आउनेवाला छ भनेर बुझिन्छ । तर बेहुली रुँदै गरेको देखियो भने त्यसलाई अशुभ मानिन्छ ।

कोही केटी आफ्नो सपनामा प्रेमीले अर्कै केटीसँग विवाह गरेको देखेमा भने उसको विवाह छिट्टै हुन् सक्छ । विवाहका गहना देखे पनि छिट्टै विवाह हुने सङ्केत बुझिन्छ ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ६ : ४७ बजे

मकैको पातमा झरीको सङ्गीत !

प्रिय सोफिया,अविरल माया ।झरीले मकैको पातमा सङ्गीत भरिरहँदा म तिमीलाई

आज राष्ट्रिय धान दिवस, रोपाइँ गरेर मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज

विश्वकपमा ७२ खेल सकिँदा खतरनाक टिम बन्यो फ्रान्स, चर्चामा मेसीको जादू

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा भइरहेको विश्वकप

देशका धेरै भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

भेनेजुएला भूकम्प: आमा-दिदी गुमाएका बालकको चार दिनपछि जीवितै उद्धार

काठमाडौँ – शक्तिशाली भूकम्प गएको केही दिनपछि भेनेजुएलामा भग्नावशेषबाट जीवितै