इजरायली ड्रोन आक्रमणमा हमासका उपनेता अरौरी मारिए « Khabarhub

इजरायली ड्रोन आक्रमणमा हमासका उपनेता अरौरी मारिए


१८ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इजरायलले गरेको आक्रमणमा प्यालेस्टाइनी लडाकु समूह हमासका उपनेता सालेह अल–अरौरी मारिएका छन् ।

समाचार संस्था बीबीसीका अनुसार लेबनानको राजधानी बेरुतस्थित दक्षिणी क्षेत्रमा इजरायलले गरेको ड्रोन हमलामा सालेह मारिएका हुन् । इजरायलसँगको युद्धमा अहिलेसम्म मारिएकामध्ये उनी सबैभन्दा ठूला नेता हुन् ।

इजरायलले सो आक्रमणमा अरौरीसहित अन्य ६ जना समेत मारिएको दाबी गरेको छ । ५७ वर्षीय अरौरी हमासको सैनिक विङ्ग इज एड–डिन अल क्वासेव ब्रिगेडका संस्थापक हुन् । यसअघि इजरायलले गत अक्टोबरमा अरौरीको निवास ध्वस्त पारेको थियो ।

यस्तै, सन् २०१५ मा अमेरिकाले अरौरीलाई विश्वकै आतंककारीको घोषणा गर्दै उनको बारेमा जानकारी दिनेलाई ५ मिलियन डलर पुरस्कार दिने जनाएको थियो।

उता, लेबनानका प्रधानमन्त्री नजिब मिकातीले इजरायलले आफूहरूलाई इजरायल–हमास युद्धमा तान्न खोजेको आरोप लगाएका छन् ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  १० : २४ बजे

पार्टी सभापतिलाई बन्द सत्र सम्बोधन गर्न नेताहरूको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्ला मन्सुरले पार्टीको चालु विशेष अधिवेशनको

महाधिवेशनले चाहे नीति र नेता दुबै पनि फेर्छ : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महाधिवेशनले चाहेमा नेता र

चुनाव आउँछ जान्छ, नागरिकको भरोसा जोगाउनु छ : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनाव आउने जाने क्रम

जनकपुरधाम उपमहानगरपालिकाको दुई अर्ब ४६ करोड ८९ लाख रुपैयाँको संशोधित बजेट

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि दुई