अज्ञात रोगले एकै घरका १८ माउबाख्रा मरे  « Khabarhub

अज्ञात रोगले एकै घरका १८ माउबाख्रा मरे 


१८ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अज्ञात रोगका कारण उदयपुरकाे सदरमुकाम गाईघाटमा एकै घरका १८ माउबाख्रा एकै पटक मरेका छन् ।

जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिका वडा नम्बर १० बोक्से स्थित आदर्श टोलका हिमचुली कृषि उद्यम केन्द्रका सञ्चालक कृषक प्रेम बहादुर खड्काले पालेका १८ माउबाख्रा एकै पटक मरेका हुन ।

अज्ञात रोगका कारण कृषक खड्काको गोठ नै रित्तिने गरि १८ माउबाख्रा एकै पटक मरेको वडा नम्बर १० का वडा अध्यक्ष किरण पाण्डेले बताए ।

मंगलबार बिहान एकै पटक ९ वटा बाख्रा मरेको भन्दै कृषकले बोलाएपछि कृषकको घरमा पुगेका वडा अध्यक्षले कृषकको घरबाट नै पशु प्राविधिकलाई खबर गरेका थिए ।

मंगलबार आफैँले पशु प्राविधिकलाई कृषकको घरमा पठाइदिए पनि उपचार गर्दा गर्दै मंगलबार साँझ सम्म १८ वटा बाख्रा मरेको वडा अध्यक्षको भनाई छ ।

सोमबार राती आफूले पालेका बाख्रामा अचानक समस्या देखिएको र ९ वटा बाख्रा एकै पटक मरेको कृषक खडकाले बताए ।

उपचार गर्दा गर्दै मंगलबार साँझ सम्ममा १८ वटा बाख्रा एकै पटक मरेपछि कृषक खड्कालाई ठूलो आर्थिक नोक्सानी भएको छ ।

सुविधा सम्पन्न पशु प्राविधिक र औषधि उपलब्ध हुने स्थानमै २४ घण्टा भित्रै १८ वटा माउबाख्रा मर्नु गम्भीर अवस्था रहेको स्थानीय कृषकको भनाई छ ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  १२ : ५७ बजे

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण