अज्ञात रोगले एकै घरका १८ माउबाख्रा मरे  « Khabarhub

अज्ञात रोगले एकै घरका १८ माउबाख्रा मरे 


१८ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अज्ञात रोगका कारण उदयपुरकाे सदरमुकाम गाईघाटमा एकै घरका १८ माउबाख्रा एकै पटक मरेका छन् ।

जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिका वडा नम्बर १० बोक्से स्थित आदर्श टोलका हिमचुली कृषि उद्यम केन्द्रका सञ्चालक कृषक प्रेम बहादुर खड्काले पालेका १८ माउबाख्रा एकै पटक मरेका हुन ।

अज्ञात रोगका कारण कृषक खड्काको गोठ नै रित्तिने गरि १८ माउबाख्रा एकै पटक मरेको वडा नम्बर १० का वडा अध्यक्ष किरण पाण्डेले बताए ।

मंगलबार बिहान एकै पटक ९ वटा बाख्रा मरेको भन्दै कृषकले बोलाएपछि कृषकको घरमा पुगेका वडा अध्यक्षले कृषकको घरबाट नै पशु प्राविधिकलाई खबर गरेका थिए ।

मंगलबार आफैँले पशु प्राविधिकलाई कृषकको घरमा पठाइदिए पनि उपचार गर्दा गर्दै मंगलबार साँझ सम्म १८ वटा बाख्रा मरेको वडा अध्यक्षको भनाई छ ।

सोमबार राती आफूले पालेका बाख्रामा अचानक समस्या देखिएको र ९ वटा बाख्रा एकै पटक मरेको कृषक खडकाले बताए ।

उपचार गर्दा गर्दै मंगलबार साँझ सम्ममा १८ वटा बाख्रा एकै पटक मरेपछि कृषक खड्कालाई ठूलो आर्थिक नोक्सानी भएको छ ।

सुविधा सम्पन्न पशु प्राविधिक र औषधि उपलब्ध हुने स्थानमै २४ घण्टा भित्रै १८ वटा माउबाख्रा मर्नु गम्भीर अवस्था रहेको स्थानीय कृषकको भनाई छ ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  १२ : ५७ बजे

इलाममा बोलेरो दुर्घटना, चालकको मृत्यु

इलाम– इलाममा आज बिहान बोलेरो गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमा

एनपीएलको उद्घाटन प्रधानमन्त्री शाहले गर्ने

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्रधानमन्त्री वालेन्द्र

दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

चितवन– दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात जिल्लामा गठनभएको त्रिकेट

पर्यटकको रोजाइमा म्याग्दीको भुरुङ्ग–तातोपानी

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानी कुण्ड आन्तरिक एवं

झापाका किसानलाई हात्तीबाट धानबाली जोगाउने चिन्ता

झापा- झापाका किसानमा धान पाक्ने समय नजिकिएसँगै जङ्गली हात्तीबाट बाली