यी हुन् सौगात मल्लका आगामी फिल्म « Khabarhub

यी हुन् सौगात मल्लका आगामी फिल्म


१८ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दयाहाङ राईको समय पाउन निर्मातालाई फलामको च्यूरा चपाउनु सरह भएको छ । दयाहाङले सम्झौता गरेका फिल्मको काम सकाउन पनि कम्तिमा अर्को सालको यही समयसम्म कुर्नुपर्नेछ । यही बीचमा दयाको बजार हेरेर उनलाई नै लिने गरी फिल्म निर्माता लेखनका काममा जुटेका छन् ।

यही अवस्था सौगात मल्लको पनि छ । अहिलेको चर्चाले जताततै दयाहाङ मात्र देखिए पनि सौगात पनि कम व्यस्त छैनन् । उनले पनि समय नदिँदा निर्माताहरू, उनको फुर्सद कुरेर बसेका छन् ।

‘हात्तीछाप’को प्रचारमा सक्रिय देखिएका सौगातले अब सुटिङ गर्ने फिल्मको सूचीमा ‘बलिदान’लाई प्राथमिकतामा राखेका छन् । यो फिल्मको सुटिङ माघको दोस्रो वा तेस्रो हप्ता सुरु हुनेछ । ‘बलिदान’पछि सौगातले ‘रिमै’का लागि समय दिएका छन् । यो चलचित्रमा सौगात दया र रिस्मा गुरुङको अभिनय रहनेछ । यी तीन जनाले ‘कबड्डी २’पछि सँगै काम गर्न लागेका हुन् । 

‘रिमै’पछिको समय सौगातले ‘कोतपर्व’लाई दिने वाचा गरेका छन् । जंगबहादुर राणालाई शासन सत्तामा ल्याउने काण्डको रुपमा चिनिने कोतपर्वका लागि सौगातले जेठको समय दिएका छन् । 

यसपछिको समय उनले राजबहादुर सानेको निर्देशन रहने ‘सिटामोल’का लागि दिएका छन् । यसो हुँदा उनको असारसम्मको सेड्युल प्याक रहनेछ । यो बीचमा उनले अनुकुल मिले‘ पञ्चामृतको पनि काम सक्नुपर्नेछ । यो फिल्म सौगातकै कारण भदौदेखि यता सरेको सरै छ ।

 यो फिल्मको सुटिङ माघमा सुरु गर्ने निर्देशक मुस्कान ढकालको तयारी थियो । तर कलाकार फेरबदलका कारण यो फिल्म त्यो समय जान नसक्ने विश्वस्त श्रोत बताउँछ । योबाहेक उनले यही बीचमा ‘फाटेको जुत्ता २’ लागि पनि समय छुट्याउने वचन दिएका छन् । 

‘लुकामारी २’ र ‘मोक्ष’ निर्देशक प्रवीण श्रेष्ठको नयाँ फिल्ममा पनि सौगात मल्ल रहने सम्भावना प्रबल छ । यसरी हेर्दा निर्मातालाई सौगातलाई लिएर फिल्म बनाउन पनि राम्रै कसरत गर्नुपर्ने देखिन्छ ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  १ : ४५ बजे

लैनचौरमा मनाइयो शहीद दिवस (तस्बिरहरू)

काठमाडौं– देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा स्वरूप

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

एजेन्सी – भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल

क्यानाडालाई विमानमा ५० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार क्यानाडालाई अमेरिकामा बिक्री हुने

लोकतान्त्रिक अधिकारको बीउ शहीद नै रोपेका हुन् : ओली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आजको

नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते भएका