सामाजिक न्याय, सुशासन सरकारकाे प्राथमिकतामा :  प्रधानमन्त्री प्रचण्ड   | Khabarhub Khabarhub

सामाजिक न्याय, सुशासन सरकारकाे प्राथमिकतामा :  प्रधानमन्त्री प्रचण्ड  


१८ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले सामाजिक न्याय, सुशासनलाई प्राथमिकतामा राखेर कार्यसम्पादन गरिरहेको बताएका छन् ।

बुधबार काठमाडौंमा १६ औं राष्ट्रिय इन्जिनियर सम्मेलनमा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो तेस्रो कार्यकालको पहिलो वर्षमा भ्रष्टाचार नियन्त्रण गरी सुशासनको प्रत्याभूति, अर्थतन्त्रका चुनौतीहरू सम्बोधन गर्दै अगाडि बढेको बताए ।

सरकारको लक्ष्य पूरा हुन आगामी दिनमा सरकारले आफ्ना गतिविधिहरूलाई पूर्वाधार निर्माणतर्फ लक्षित गर्ने उनले बताए । उनले ठूला ठूला आयोजनाको निर्माणलाई अघि बढाएर मुलुकलाई समृद्धिको बाटोतर्फ अग्रसर गराउने धारणा राखे।

सडक, लोकमार्ग, ऊर्जा, विद्युत्, सञ्चार, विमानस्थल, सिँचाइ, खानेपानी तथा ढल निकासका ठूला परियोजनाहरू गुणस्तरीय निर्माणद्वारा तोकिएकै समयमा सम्पन्न गर्न सके मात्र आर्थिक विकासको ढोका खुल्न सक्ने प्रधानमन्त्री प्रचण्डले बताए । नेपालको राजनीति संक्रमणकाल पार गरी स्थायित्वतर्फ अग्रसर भएको भन्दै उनले दलहरूले गरेको प्रतिबद्धता र वाचाहरूलाई पूरा गर्ने चुनौतीपूर्ण अवसर प्राप्त गरेको बताए ।

प्रधानमन्त्री प्रचण्डले देश विकासको गतिलाई द्रुतरूपमा अगाडि बढाउन इन्जिनियर समुदायको भूमिकालाई अभिवृद्धि र प्रोत्साहनपूर्वक प्रयोग गर्न सकेमा मात्र विकास र समृद्धिको एजेण्डाले सार्थकता पाउने विश्वास समेत व्यक्त गरे ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  १ : ५८ बजे

अक्षय कुमारलाई टेलिप्रम्प्टरको भर, संवाद पढेको भिडियो भाइरल

काठमाडौं– चर्चित बलिउड अभिनेता अक्षय कुमार फेरि एकपटक विवादमा फसेका

आफ्ना हक अधिकार प्राप्तिका लागि उत्पीडनमा परेका समुदाय एक हुनुपर्छ : उपेन्द्र यादव 

काठमाडौं– जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्ना हक

२५ वर्षपछि पनि ‘केबीसी’ को क्रेज उस्तै : सिजन १७ मा पुनः अमिताभ बच्चनकै दमदार प्रस्तुति

काठमाडौं– टेलिभिजन इतिहासकै सबैभन्दा लोकप्रिय र लामो समयदेखि चल्दै आएको

क्यान्सरको महँगो औषधी निःशुल्क दिने स्वास्थ्यमन्त्री पौडेलको निर्णय  

काठमाडौं– क्यान्सरको उपचारमा प्रयोग हुने दुर्लभ र अत्यावश्यक औषधि निःशुल्क

लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ

काठमाडौं- देशका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित १२ जनालाई शनिबार नियन्त्रणमा