रोमानिया पठाइदिन्छु भन्दै २१ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ  « Khabarhub

रोमानिया पठाइदिन्छु भन्दै २१ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ 


१८ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रोमानिया पठाइदिन्छु भन्दै २१ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाको मेलुङ घर भई काठमाडौंकाे बाङगेमुढा बस्ने ५० वर्षीय ढाल बहादुर बुढाथोकी रहेका छन् ।

बुढाथोकीले मिलन नेपाली समेत १४ जनालाई वैदेशिक रोजगारीको लागि रोमानिया पठाइदिन्छु त्यसको लागि प्रतिव्यक्ति ६ लाख रुपैयाँ लाग्छ र रोमानिया पुगेपछि फुड प्याकिङमा काम लगाइदिन्छु जहाँ मासिक १ लाख रुपैयाँ भन्दा धेरै तलब हुन्छ भनि प्रलोभनमा पारी २१ लाख ३६ हजार रुपैयाँ ठगी गरेको आरोपमा उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बुधबार असनमाबाट पक्राउ गरेको हाे ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल  पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ४ : ०० बजे

एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रीमका ‘स्पेसल एडिसन’ क्यान सार्वजनिक

काठमाडौं – एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को

सप्तकोशी मोटरबोट दुर्घटना अपडेट : तीन जनाको मृत्यु, तीन बेपत्ता

धनकुटा – धनकुटाको साँगुरीगढी गाउँपालिका–१० स्थित त्रिवेणीमा सप्तकोशी नदीमा जेटबोट दुर्घटना

बूढीगण्डकी बाढीले अवरुद्ध बेनिघाट–तातोपानी सडक खुल्यो

काठमाडौँ– बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक खण्डअन्तर्गत

दिल्लीमा वाग्लेले दिएको मन्तव्य सुझबुझपूर्ण छ : सांसद भण्डारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद वदन भण्डारीले