रोमानिया पठाइदिन्छु भन्दै २१ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ  « Khabarhub

रोमानिया पठाइदिन्छु भन्दै २१ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ 


१८ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रोमानिया पठाइदिन्छु भन्दै २१ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाको मेलुङ घर भई काठमाडौंकाे बाङगेमुढा बस्ने ५० वर्षीय ढाल बहादुर बुढाथोकी रहेका छन् ।

बुढाथोकीले मिलन नेपाली समेत १४ जनालाई वैदेशिक रोजगारीको लागि रोमानिया पठाइदिन्छु त्यसको लागि प्रतिव्यक्ति ६ लाख रुपैयाँ लाग्छ र रोमानिया पुगेपछि फुड प्याकिङमा काम लगाइदिन्छु जहाँ मासिक १ लाख रुपैयाँ भन्दा धेरै तलब हुन्छ भनि प्रलोभनमा पारी २१ लाख ३६ हजार रुपैयाँ ठगी गरेको आरोपमा उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बुधबार असनमाबाट पक्राउ गरेको हाे ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल  पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ४ : ०० बजे

तीजमा अप्रिय घटना रोक्न प्रहरी सक्रिय, ७७ जना नियन्त्रणमा

काठमाडौं – हरितालिका तीजका अवसरमा काठमाडौं प्रहरीले अवाञ्छित तथा आपराधिक

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौं – विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत दिने

काठमाडौं – भारत सरकारले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध

कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने

काठमाडौँ- नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि २३