हुथी विद्रोहीद्वारा कार्गो जहाजमा आक्रमण « Khabarhub

हुथी विद्रोहीद्वारा कार्गो जहाजमा आक्रमण


१८ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

दुबई– यमनको इरान समर्थित हुथी विद्रोहीले रेड सी रणनीतिक बाब अल-मन्डेब क्षेत्र नजिकै यात्रा गरिरहेका व्यापारिक जहाजलाई लक्षित गरी मङ्गलबार राति दुईवटा क्षेप्यास्त्र प्रहार गरेको बेलायती सामुद्रिक सुरक्षा निकाय (यूकेएमटीओ)लाई उद्धृत गरी अमेरिकी सेनाले जनाएको छ ।

संयुक्त अधिराज्यको समुद्री व्यापार सञ्चालनले सुरुमा इरिट्रिया र यमनको तटको बीचमा यात्रा गरिरहेको कार्गो जहाज नजिकै विस्फोट भएको थियो । अमेरिकी सेन्ट्रल कमान्डले हुथी विद्रोहीले दक्षिणी रेड सीमा दुई वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको बताएको छ । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्ने विषयमा बुधबार बैठक आयोजना गर्ने भएको छ, जसमा फ्रान्सेली कूटनीतिज्ञहरूले रेड सीमा हुथी आक्रमणको मुद्दालाई सम्बोधन गर्ने बताएका छन् ।

हालैका हप्ताहरूमा हुथी विद्रोहीहरूले रेड सी र यसलाई एडेनको खाडीसँग जोड्ने बाब अल–मान्डेब स्ट्रेटमा रोकिने व्यापारिक जहाजहरूलाई लक्षित गरी ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेका छन् । इजरायलले हमास लडाकुसँग लडिरहेको गाजामा प्यालेस्टिनीहरूप्रति ऐक्यवद्धता जनाउन उनीहरूले आक्रमण गरेको बताएका छन् ।

यमनको राजधानी साना र रेड सीको यमनी क्षेत्रको अधिकांश तटीय क्षेत्र नियन्त्रण गर्ने हुथी विद्रोहीले इजरायलसँग सम्बन्ध भएका रेड सीमा यात्रा गरिरहेका जहाजलाई निशाना बनाउने चेतावनी दिएका छन् । उक्त क्षेत्रमा गस्ती गरिरहेका अमेरिकी, फ्रान्सेली र बेलायती युद्धपोतले कैयौँ क्षेप्यास्त्र र ड्रोन खसालेका छन् ।

पेन्टागनका अनुसार हुथी विद्रोहीले एक दर्जन व्यापारिक जहाजलाई लक्षित गरी दर्जनौं ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेका छन् । रेड सीको आक्रमणले विश्वव्यापी व्यापारको १२ प्रतिशतसम्म ओगट्ने पारवहन मार्गलाई खतरामा पार्छ । आक्रमणका कारण रेड सीको जल यातायातको सुरक्षाको लागि भन्दै बहुराष्ट्रिय नौसैनिक कार्यबल गठन गर्न आवश्यक परेको अमेरिकाले जनाएको छ ।

आइतबार अमेरिकी सेनाले डेनमार्कको मास्र्क लाइनको कन्टेनर जहाजमा भएको आक्रमणपछि हुथीका तीनवटा डुङ्गा डुबेको बताएको थियो ।
विद्रोहीले उक्त घटनामा आफ्ना १० लडाकू मारिएको बताएको छ ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ४ : ४३ बजे

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का

दाङमा सराय नाचको रौनक सुरु

घोराही (दाङ)- दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत गरिएको

दसैँ मनाउन बाहिरिएकाहरु धमाधम काठमाडौं फर्किँदै

काठमाडौं- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका

एनपीएलका लागि पाकिस्तानी कप्तान फरहान नेपालमा

काठमाडौं- कर्णाली याक्समा अनुबन्ध भएका पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा