टेस्ट क्रिकेट : भारतविरुद्ध दक्षिण अफ्रिका ५५ रनमा अलआउट « Khabarhub

टेस्ट क्रिकेट : भारतविरुद्ध दक्षिण अफ्रिका ५५ रनमा अलआउट


१८ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


825
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्ग्समा दक्षिण अफ्रिका ५५ रनमा अलआउट भएको छ । दोस्रो टेस्टमा टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले केवल २३.२ ओभरमा अल आउट हुदै ५५ रन मात्र बनाएको हो ।

दक्षिण अफ्रिकाका ब्याट्सम्यान कील भेरेयन्नेले सर्वाधिक १५ रन बनाए भने डेभिड बेडीङघमले १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । दक्षिण अफ्रिकालाई ५५ रनमा अल आउट गर्ने क्रममा भारतका बलर मोहमद सिराजले सर्वाधिक ६ विकेट लिएका थिए भने जसप्रित बमराह र मुकेश कुमारले समान २ विकेट लिएका थिए ।

टेस्ट क्रिकेटमा दक्षिण अफ्रिकाले एक इनिङ्ग्समा बनाएको आठौँ सबैभन्दा कम योगफल हो । टेस्ट क्रिकेटको इतिहासमा दक्षिण अफ्रिका दुई पटक सबैभन्दा कम ३०–३० रनमा अलआउट भएको रेकर्ड छ । दुवै पटक नै इङ्ल्याण्डसँग दक्षिण अफ्रिका ३० रनमा अल आउट भएको थियो ।

२ खेलको जारी टेस्ट सिरिजमा दक्षिण अफ्रिका १–० ले अगाडि रहेको छ । पहिलो टेस्टमा दक्षिण अफ्रिकाले भारतलाई एक इनिङ्ग्स र ३२ रनले पराजित गरेको थियो ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ४ : ३६ बजे

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको

प्रदेशको पूर्ण स्वायत्तता अपरिहार्य : सिके राउत

सप्तरी – जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउतले देशको

निर्वाचन क्षेत्रमा खटिन पार्टीका नेता कार्यकर्तालाई सभापति थापाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता तथा