टेस्ट क्रिकेट : भारतविरुद्ध दक्षिण अफ्रिका ५५ रनमा अलआउट « Khabarhub

टेस्ट क्रिकेट : भारतविरुद्ध दक्षिण अफ्रिका ५५ रनमा अलआउट


१८ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


825
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्ग्समा दक्षिण अफ्रिका ५५ रनमा अलआउट भएको छ । दोस्रो टेस्टमा टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले केवल २३.२ ओभरमा अल आउट हुदै ५५ रन मात्र बनाएको हो ।

दक्षिण अफ्रिकाका ब्याट्सम्यान कील भेरेयन्नेले सर्वाधिक १५ रन बनाए भने डेभिड बेडीङघमले १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । दक्षिण अफ्रिकालाई ५५ रनमा अल आउट गर्ने क्रममा भारतका बलर मोहमद सिराजले सर्वाधिक ६ विकेट लिएका थिए भने जसप्रित बमराह र मुकेश कुमारले समान २ विकेट लिएका थिए ।

टेस्ट क्रिकेटमा दक्षिण अफ्रिकाले एक इनिङ्ग्समा बनाएको आठौँ सबैभन्दा कम योगफल हो । टेस्ट क्रिकेटको इतिहासमा दक्षिण अफ्रिका दुई पटक सबैभन्दा कम ३०–३० रनमा अलआउट भएको रेकर्ड छ । दुवै पटक नै इङ्ल्याण्डसँग दक्षिण अफ्रिका ३० रनमा अल आउट भएको थियो ।

२ खेलको जारी टेस्ट सिरिजमा दक्षिण अफ्रिका १–० ले अगाडि रहेको छ । पहिलो टेस्टमा दक्षिण अफ्रिकाले भारतलाई एक इनिङ्ग्स र ३२ रनले पराजित गरेको थियो ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ४ : ३६ बजे

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको

विपद्पीडित बालबालिकाका लागि ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा

काठमाडौं । सरकारले रसुवा– भोटेकोसी बाढीसहित विभिन्न समयमा आउने विपद्बाट

इन्टरपोल दिवस : बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला

काठमाडौं – रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार