राष्ट्रियसभामा संविधानले परिकल्पना गरेअनुसारको प्रतिनिधित्व भएन : गगन थापा | Khabarhub Khabarhub

राष्ट्रियसभामा संविधानले परिकल्पना गरेअनुसारको प्रतिनिधित्व भएन : गगन थापा


१८ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले राष्ट्रियसभामा संविधानले परिकल्पना गरेअनुसारको प्रतिनिधित्व हुन नसकेको बताएका छन् । बुधबार काठमाडौंमा पूर्व कर्मचारी समाज नेपालको स्मारिका बिमोचन कार्यक्रममा थापाले राष्ट्रियसभामा बिषयविज्ञहरुको प्रतिनिधित्व हुनुपर्ने परिकल्पना गरेपनि त्यसो हुन नसकेको बताएका हुन् ।

उनले राष्ट्रियसभा निर्वाचनमा उम्मेद्वार छनौट गर्ने विषयमा पार्टीहरूले सिफारिस गर्ने व्यक्तिका बारेमा संविधान अनुरूपको बहस नै नहुने अवस्था रहेको धारणा राखे । 

दलभित्रको निर्णय गर्ने थलोमै उचित प्रतिनिधित्व नहुँदा राष्ट्रियसभा सदस्य छनौटमा समस्या देखिएको उनको भनाइ छ । त्यस्तै थापाले कांग्रेसले देश संकटमा रहेको भन्न नमिल्ने बताए । थापाले कुनै क्षेत्र रहँदा नै पार्टीसँग सम्बन्ध गास्न नसके भविष्यमा समस्या पर्छ भन्ने कुरालाई भंग गर्न संरचनात्मक परिवर्तनको आवश्यकता रहेको उल्लेख गरे ।

संवैधानिक हिसाबले निरन्तर निर्वाचन सही ढंगले भइरहेको अवस्थामा मुलुक कुनै पनि हिसाबले अप्ठेरो अवस्था रहेको नदेखिएको उनले बताए ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ६ : २२ बजे

बागमतीमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय

काठमाडौं– बागमती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरेकाे छ

धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सहयोग गर्ने मन्त्री जोशीको प्रतिबद्धता

काठमाडौं – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले धुञ्चे–गोसाइँकुण्ड

खेलाडीबाट अनुशासन सिक्नुपर्छः धनराज गुरुङ

कास्की – नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य धनराज गुरुङले

मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु

सङ्खुवासभा – मकालु हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली नागरिकको

अफगानिस्तानद्वारा १० अर्ब डलरको व्यापार

काबुल – फारसी क्यालेन्डर वर्ष १४०२ देखि मार्च १९ सम्मको