निर्मला पन्तलाई सम्झाउने कथानक श्रृङ्खला ‘आरती’ « Khabarhub

निर्मला पन्तलाई सम्झाउने कथानक श्रृङ्खला ‘आरती’


१८ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ६ वर्ष पुग्यो । हत्यारा आजसम्म पत्ता लाग्न सकेको छैन । उनै निर्मलालाई बिर्सन नदिनका लागि भन्दै सो घटनामा आधारित कथानक श्रृङ्खला ‘आरती’ निर्माण गरिएको छ ।

बुधबार रिपोर्टर्स क्लबमा एक कार्यक्रम आयोजना गरी ‘रे’ र ‘श्रीयान’ इन्टरटेनमेन्टको संयुक्त प्रयासमा घोषणा गरिएको श्रृङ्खलाले बलात्कारीलाई राज्यले कसरी संरक्षण गर्छ भनेर देखाउन खोजिएको निर्देशक रोशन दासले बताए । उनी भन्छन्, ‘कतै निर्मलालाई बिर्सिए कि भनेर सम्झाउन फिल्म बनाएको हुँ ।’

दासले भने, ‘यो फिल्म धेरैले नबनाउन सल्लाह दिए । तर, समाजलाई जागरुक कसरी बनाउने, कसले बनाउने भन्ने प्रश्नमा आफ्नो पनि केही सहभागिता होस् भनेर निर्मलाको कथामा फिल्म बनाएको हुँ ।’

पत्रकार सम्मेलनमा बोल्दै छिन्नामस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले निर्मला पन्तको हत्या मानव सभ्यतालाई गिज्याउने घटना भएको बताए । मधेशमा झनै महिला हिंसा नियन्त्रण सरकारको प्राथमिकतामै नपरेको उनले गुनासो गरे ।

फिल्म निर्माण गर्ने रजनी सचेतना नेपाल फाउण्डेसनकी अध्यक्ष रजनी थापाले भनिन् ‘छोरीहरुले आफूलाई सुरक्षित महसुस गर्न सकेका छैनन्, उनीहरु आफ्नै परिवारका सदस्यबाट यौन हिंसामा पर्ने गरेका छन् ।’

नौ कक्षामा पढ्दै गरेकी निर्मला पन्तको २०७५ साउन १० गते बलात्कारपछि हत्या भएको थियो । उनी गृहकार्य गर्न साथीको घरमा गएकी थिइन् । उनको शव भोलिपल्ट नजिकैको उखुबारीमा भेटिएको थियो ।

निर्मला हत्या प्रकरणको अनुसन्धानका लागि अहिलेसम्म दर्जनौं टोली कञ्चनपुरमा पुगिसक्यो । गृह मन्त्रालयमा कैयौं समिति बने । त्यो बाहेक राष्ट्रिय मानव अधिकार आयोग, मानव अधिकार संगठनले पनि प्रतिवेदनहरु तयार पारे । तर, अहिलेसम्मका कुनै पनि अनुसन्धानले अभियुक्तको किटानी गर्न सकेका छैनन् । प्रहरीले पनि अहिलेसम्म अपराधी पत्ता लगाउन सकेको छैन ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ६ : ३९ बजे

धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित

बाँके– बाँकेमा फल लाग्ने बेला धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान

कांग्रेस महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौँ– नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको