राष्ट्रियसभामा एमालेलाई पनि भाग चाहियो ! « Khabarhub

राष्ट्रियसभामा एमालेलाई पनि भाग चाहियो !


१८ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि राष्ट्रियसभा निर्वाचनमा आफ्नो भाग खोजेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभा निर्वाचनमा आफूहरुलाई शून्य नबनाइदिन एमालेले आग्रह गरेको बताएका थिए ।

बैठकपछि नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले एमालेको प्रस्तावबारे थप बुझेर गठबन्धन दलबीच फेरि छलफल हुने जानकारी दिए । यस विषयमा माओवादी र कांग्रेसबीच पनि छलफल भएको भन्दै उनले एमालेसँगको सहकार्य ससर्त हुने बताए ।

पुष २३ गते उम्मेदवारी दिनका लागि २० मध्ये एमालेको ९ सिटको व्यवस्थापनमा गठबन्धनको बैठक केन्द्रित भएको उनले बताए । उनले गठबन्धनको बैठक बिहीबार बिहान पुनः बस्ने र थप छलफल गर्ने जानकारी दिए ।

त्यस्तै, बैठकमा भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणका क्रममा पञ्चेश्वरलगायतका विभिन्न सम्झौतालाई राष्ट्रहितमा ल्याउने विषयमा छलफल भएको पाण्डेले बताए ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ७ : ०९ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा