इरानी जनरल सुलेमानीको चिहाननजिकै दुईवटा विस्फोट हुँदा ७३ जनाको मृत्यु | Khabarhub Khabarhub

इरानी जनरल सुलेमानीको चिहाननजिकै दुईवटा विस्फोट हुँदा ७३ जनाको मृत्यु


१८ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

तेहरान- बुधबार इरानमा रिभोल्युसनरी गार्डका जनरल कासिम सुलेमानीको वार्षिकी मनाउन जम्मा भएको भीडमा लगातार दुई वटा विस्फोट हुँदा कम्तीमा ७३ जनाको मृत्यु भएको छ । सन् २०२० मा सुलेमानीको हत्या भएको वार्षिकी मनाउन भेला भएको समूहलाई लक्षित गरी भएका विस्फोटमा परी ७३ जनाको मृत्यु भएको बीबीसीले जनाएको हो ।

विस्फोट दक्षिणी सहर केरमानस्थित साहेब अल–जमान मस्जिदमा इरानका रिभोल्युसनरी गार्डका विदेशी अभियान प्रमुख सुलेमानीको चिहान नजिकै भएको थियो । केही समयअघि मस्जिद नजिकै लगातार दुई वटा विस्फोटको सूचना प्राप्त भएको थियो ।

विस्फोटको  कारणका बारेमा तत्काल कुनै जानकारी प्राप्त भएको छैन । सरकारी टेलिभिजनका तस्बिरहरूमा उक्त क्षेत्रमा धेरै एम्बुलेन्स र उद्धारकर्मी देखाइएको छ । बीबीसीका अनुसार विस्फोटमा १७१ जना घाइते भएका छन् ।

सुलेमानीले इरानको इस्लामिक रिभोल्युसनरी गाड्र्स कोर्प्सको विदेशी अपरेसन शाखा कुद्स फोर्सको नेतृत्व गरेका थिए । उक्त शाखाले मध्यपूर्वमा सैन्य कारबाहीहरूको निरीक्षण गर्थ्यो । उनी बगदाद विमानस्थलको ठिक बाहिर अमेरिकी ड्रोन हमलामा मारिएका थिए ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ७ : ३८ बजे

राष्ट्रपतिद्वारा भारत र मलेसियाका लागि राजदूत नियुक्त

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र भारत र मलेसियाका लागि

एनएमबि बैंक र यूएसएआईडीद्वारा पोखरामा डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं– एनएमबि बैंकले संयुक्त राज्य अमेरिकाको एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट

पुस १३ देखि पोखरा सडक महोत्सव

काठमाडौं – अङ्ग्रेजी नयाँ वर्षको अवसरमा २६ औँ पोखरा सडक

नेप्से ओरालो, कारोबार कति ?

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५.६० अंकले घटेको छ

मलखाद र सिँचाईलगायत समस्या समाधान गरिदिन सरकारलाई ज्ञापन पत्र

रौतहट– मलखाद सिँचाई लगायत किसानहरूको विभिन्न समस्या समाधानको लागि अखिल