सूर्यदर्शन ठगी : गुरुङ र अर्याल पुर्पक्षका लागि कारागार चलान « Khabarhub

सूर्यदर्शन ठगी : गुरुङ र अर्याल पुर्पक्षका लागि कारागार चलान


१८ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

पोखरा- पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा निक्षेपकर्ताको बचत रकम अपचलन गरेको अभियोगमा आज दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

सहकारी ठगी मुद्दामा कास्की जिल्ला अदालतमा थुनछेक बहसपछि न्यायाधीश वसन्तजङ्ग थापाको एकल इजलासले सहकारीका पूर्वसञ्चालक समितिका सदस्यद्वय शिवबहादुर गुरुङ (महेन्द्र भोटे) र भविश्वर अर्याललाई कारागार पठाउने आदेश गरेको हो ।

सहकारीका सञ्चालकले निक्षेपकर्ताको बचत फिर्ता नगरेका र सहकारीको रकम हिनामिना गरेको बचतकर्ताको जाहेरीपछि कास्की प्रहरीले गत भदौ २५ गते उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

त्यसपछि उनीहरुले मङ्गलबार अदालतमा आत्मसमर्पण गरेका थिए । सूर्यदर्शन सहकारी सम्बद्ध १९ जनाविरुद्ध रु एक अर्ब ११ करोड बिगो दाबीसहित अदालतमा मुद्दा दर्ता गरिएको छ । सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी र कोषाध्यक्ष कुमार रम्तेललाई यसअघि नै पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ८ : ४९ बजे

वित्तीय समावेशीकरण र पहुँच विस्तारका लागि राष्ट्र बैंकले गर्‍यो फिनटेक रणनीति सार्वजनिक

काठमाडौँ – नेपालमा डिजिटल वित्तीय सेवाको दायरा फराकिलो बनाउँदै वित्तीय

विपत् व्यवस्थापनमा भोटेकोशी बाढीले पढाएको पाठ

भनिन्छ– प्राकृतिक विपत्ति कहिल्यै निम्तो दिएर आउँदैन। बाढी, पहिरो, चट्याङ,

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर

टोटनह्यामलाई हराउँदै लिभरपुल चौथो चरणमा

काठमाडौँ – एलेक्सिस म्याक एलिस्टर, कोडी ग्याक्पो र डोमिनिक सोबोस्लाइको