आज २०८० साल माघ २० गते शनिबारको राशिफल « Khabarhub

आज २०८० साल माघ २० गते शनिबारको राशिफल


२० माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


8.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल माघ २० गते शनिबार तदनुसार सन् २०२४ फेब्रुअरी ३ तारिख। आज गोरखकाली पूजा परेको छ। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेश :

मेष : दिन राम्रो छ। तपाईंको श्रम लगानीबाट फाइदा हुनेछ। समाजले भने राम्रो भन्ने छैन। सत्यलाई नछोडेमा सबै कुरा राम्रो हुनेछ। परिवारको साथ पाइने छ।

वृष : दिन सामान्य राम्रो छ। आर्थिक क्षेत्र सबल छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा समस्या देखिने भएकाले खानपानमा ख्याल गर्नु राम्रो हुनेछ। परिवारले शंका गर्ने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्छ।

मिथुन : कर्ममा विश्वास गर्ने दिन हो। न्याय मिल्नेछ। इमान्दार भएर काम गर्नुपर्ने देखिन्छ। शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। परिवारबाट सहयोग मिल्नेछ।

कर्कट : दैनिकी सामान्य छ। पश्चिमको यात्रा नगर्नु राम्रो हुन्छ। रोजगारीमा फाइदा हुनेछ। पारिवारमा भने समस्या आइलाग्न सक्छ।
सिंह : दिन राम्रो छ। शिक्षा क्षेत्रमा उन्नति हुनेछ। लगानीको फल मिल्नेछ। तपाईंको व्यवहारले परिवार सन्तुष्ट हुनेछन्। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ।

कन्या : दिन राम्रो छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। पेट सम्बन्धी समस्या देखिन सक्छ, चिसोबाट जोगिनु राम्रो हुन्छ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : दिन राम्रो छ। रमाइलो यात्रा हुनसक्छ। नयाँ साथीसँगको भेटले मन खुशी हुनेछ। शिक्षा क्षेत्रको प्रयास असफल बन्ने देखिन्छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारको सहयोग मिल्नेछ।

वृश्चिक : दिन सामान्य राम्रो छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। वैदेशिक लगानीमा ठगबाट बच्नुपर्ने देखिन्छ। परिवारसँगको सम्बन्ध राम्रो छ। प्रेम सम्बन्ध विस्तार हुनेछ।

धनु : दैनिकी राम्रो छ। काम गर्ने शैलीबाट अरु प्रभावित हुनेछन्। व्यापारमा फाइदा हुनेछ। शिक्षा क्षेत्रमा मेहनतको आवश्यकता देखिन्छ। सम्मान प्राप्त हुने योग छ। परिवारको सहयोग मिल्नेछ।

मकर : दिन सामान्य राम्रो छ। भविष्यका लागि सोच्नुपर्ने दिन आएको छ। निर्णयमा ढिलाइ गरेमा पछुताउनुपर्नेछ। व्यापारको क्षेत्र सबल छ। परिवारको सहयोग प्राप्त हुनेछ।

कुम्भ : दैनिकी सामान्य राम्रो छ। व्यापारको क्षेत्रमा फाइदा हुनेछ। बोलीमा शनिदेवको दृष्टि रहेकाले बोल्दा एक पटक सोचेर बोल्नु राम्रो हुन्छ। परिवारको साथ र सहयोग राम्रो रहनेछ।

मीन : दिन राम्रो छ। हौसिएर बोल्नु भन्दा अभिभावकको सल्लाह लिएर थोरै बोल्नु राम्रो हुन्छ। लगानीको क्षेत्रमा फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर रहनेछ। प्रेम सम्बन्ध दरिलो बन्ने देखिन्छ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  ५ : १६ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्