ग्रामीण सडक व्यवस्थित नहुँदा यात्रा जोखिमपूर्ण | Khabarhub Khabarhub

ग्रामीण सडक व्यवस्थित नहुँदा यात्रा जोखिमपूर्ण


२० माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

उदयपुर– उदयपुरको पहाडी गाउँपालिका क्षेत्रका ग्रामीण सडक व्यवस्थित नहुँदा यातायात सञ्चालन जोखिमपूर्ण बन्दै गएको छ भने सर्वसाधारण जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन् । 

रौतामाई गाउँपालिकाको मुर्कुची, पुवारेडिल्लीबर माझखर्क सडक, लिम्चीङबुङ गाउँपालिकाको बाँसबोटे, माझखर्क, बलाम्ता, ताम्लीछाको सडकको अवस्था दयनीय भएकाले सवारी सञ्चालन गर्न जोखिम बढेको यातायात व्यवसायी बताउँछन् । यद्यपि उनीहरूले जोखिम मोलेर सवारीसाधन सञ्चालन गर्दै आएका छन् । 

जिल्लाको उदयपुरगढी गाउँपालिकाको भलायाडाँडा, ताप्ली गाउँपालिकाको नुनथला पिपलभन्ज्याङ, रुपाटार ठानागाउँ सडकखण्ड अहिलेसम्म ‘ग्राभेलिङ’ र कालोपत्र नहुँदा सडक भत्किनुका साथै ठूला खाल्डा परेकाले थप जोखिम बढेको यातायात व्यवसायी कुमार राउतले बताए।

रौता, मुर्कुची पुवारे डिल्लीबर सडकखण्डको २७ किलोमिटर विसं २०६६ मा कच्ची सडकका रुपमा निर्माण भएको थियो । त्यसपछि सडक स्तरोन्नति नहुँदा सडक खाल्डा परेको, ठाउँठाउँमा भत्किएको र जीर्ण बनेको मुर्कचीका यातायात व्यवसायी रुद्रबहादुर मगरले बताएका छन् । 

रुपाटार, नुनथला पिलभञ्याङ ग्रामीण सडकको २५ किलोमिटर पनि जोखिमपूर्ण अवस्थामा रहेको ताप्लीका यातायात व्यवसायी जीवन तामाङ बताए। उनका अनुसार १५ वर्षअघि निर्माण भएको उक्त सडकमा अहिलेसम्म कालोपत्रे भएको छैन । वर्षौँदेखि सडकखण्डमा ठूला खाल्डा परेको र कतिपय स्थानमा भत्किएको भन्दै यसको पुनःनिर्माण हुनुपर्ने यातायात व्यवसायी जीतबहादुर मगरको भनाइ थियो ।

उदयपुर गढी गाउँपालिकका अध्यक्ष मानबहादुर मगरका अनुसार जिल्लाको पहाडी क्षेत्रका चार गाउँपालिकाको झण्डै दुई सय २५ किलोमिटर कच्ची सडकमा ग्राभेलिङ र कालोपत्रेका लागि प्रदेश सरकारसँग पटकपटक अनुरोध गरिसकिएको बताएका छन् । 

रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्र मगरले भने, ‘प्रदेश सरकारसँग ग्रामीण सडक व्यवस्थापनका लागि पटकपटक बजेट विनियोजनको अनुरोध गरेका छौँ ।’ बजेट व्यवस्थापनमा अझै केही समय लाग्ने उहाँको भनाइ थियो ।

गाउँपालिकाको बजेटले मात्र ग्रामीण सडक व्यवस्थापन हुन असम्भव हुने भएकाले प्रदेश सरकारसँग माग गरिएको ताप्ली गाउँपालिकाका अध्यक्ष ढङ्गराज विकले बताए । प्रदेशले एकै चोटी बजेट व्यवस्थापन गर्न नसकेपछि पुनःनिर्माणमा समस्या भइरहेको उनको भनाइ थियो ।

विसं २०६५ देखि २०६७ सम्ममा उदयपुरको पहाडी गाउँपालिकामा झण्डै तीन सय किलोमिटर ग्रामीण सडक निर्माण भए पनि हालसम्म स्तरोन्नति हुन सकेको छैन । ग्रामीण सडक जीर्ण बन्दै गएपछि अहिले पहाडी क्षेत्रमा सञ्चालन हुने अधिकांश यातायात साधन जोखिमपूर्ण सञ्चालन गर्न बाध्य छन् ।

ग्रामीण भेगमा बिरामी लिन जाँदा एम्बुलेन्स सञ्चालनमा अवरोध हुने गरेको भन्दै सडकको अवस्थाका कारण कतिपयको बाटोमै मृत्यु हुने गरेको नेत्रज्योति सङ्घ गाईघाटका अध्यक्ष भागवत राउतले बताए  । 

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  ३ : १९ बजे

बालविवाह अन्त्यका लागि सचेतनावृद्धिमा जोड

काठमाडौं– बालविवाह अन्त्यका लागि पुरुष सहभागिता र विद्यालय तहका पाठ्यपुस्तकमै

हाम्रो नेतृत्वमा सरकार बन्छ कि भनेर कतिपयलाई पोल्न थालेको छ : माधव नेपाल (भिडियाेसहित)

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीका लागि

समयमा पानी नपर्दा सुक्न थाल्यो चैते धान

बेलबारी– लामो समयदेखि पानी नपर्दा किसानले लगाएको अन्नबाली सुक्न थालेको

भोजपुर बोलेरो दुर्घटना : दुई जनाको मृत्यु

टक्सार– भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको बोलेरो

सुहाङको फराकिलो अग्रता, कांग्रेस र स्वतन्त्रबीच दोस्रोका लागि प्रतिस्पर्धा

इलाम – इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माई