आफ्नै मृत्युको झूठो खबर फैलाएर पुनम पाण्डेको नौटंकी, किन गरिन् यस्तो ? « Khabarhub

आफ्नै मृत्युको झूठो खबर फैलाएर पुनम पाण्डेको नौटंकी, किन गरिन् यस्तो ?


२० माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय मोडल पुनम पाण्डेले आफ्नो मृत्युको झूठो खबर फैलाएर नौटंकी (स्टन्ट) गरेको खुलेको छ ।

उनले शनिबार सामाजिक सञ्जालमार्फत् आफू जीवितै रहेको पुष्टि गरेकी हुन् । यसअघि शुक्रबार उनको मृत्यु भएको खबर भाइरल भएको थियो ।

पुनमको सामाजिक सञ्जालमार्फत् पाठेघरको मुखको क्यान्सरबाट मृत्यु भएको खबर फैलाइएको थियो । सोही आधारमा विभिन्न सञ्चार माध्यमले पुनमको मृत्यु भएको समाचार लेखेका थिए ।

तर, पछिल्लो पटक भने आफ्नो मृत्युको खबरलाई लिएर पुनमले माफी मागेकी छिन् । उनले आफू जीवितै रहेको भन्दै पाठेघरको मुखको क्यान्सविरुद्ध सचेतना फैलाउन यस्तो गरेको बताएकी छिन् ।

यो रोगको कारण अरू कसैले आफ्नो जीवन गुमाउनु नपरोस् भन्ने आफ्नो उद्देश्य रहेको उनको दाबी छ ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  ३ : ३९ बजे

बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

सशस्त्र प्रहरीमा ६६६ जनाका लागि नयाँ भर्ना खुल्यो

काठमाडाैं – सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ)ले विभिन्न पदमा ठूलो

जलन उपचार लक्षित वर्गका लागि कामपाद्वारा दुई लाख सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले जलनको उपचार गर्नुपर्ने लक्षित वर्गका व्यक्तिलाई

हर्मुजमा सेना पठाउने निर्णय अझै भएको छैन : दक्षिण कोरिया

सियोल – दक्षिण कोरियाका विदेशमन्त्रीले शुक्रबार इरानी समकक्षीसँग हर्मुज जलमार्गमा