खप्तड छेडेदह गाउँपालिकामा ‘सुत्केरीलाई कोसेली’ कार्याक्रम सञ्चालन | Khabarhub Khabarhub

खप्तड छेडेदह गाउँपालिकामा ‘सुत्केरीलाई कोसेली’ कार्याक्रम सञ्चालन


२० माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

बाजुरा – बाजुराको खप्तड छेडेदह गाउँपालिकाले सुत्केरीलाई ‘कोसेली’ कार्याक्रम सञ्चालन गरेको छ।

गत आर्थिक वर्ष २०७९–८० बाट गाउँपालिकाले उपाध्यक्षसँग सुत्केरी कोसेली कार्यक्रम सञ्चालन गरेको हो। बच्चाहरुमा कुपोषण देखा परेकोले त्यसलाई न्यूनिकरण गर्नेगरी उपाध्यक्षसँग सुत्केरी कोसेली कार्यक्रम सञ्चालनमा ल्याएको खप्तड छेडेदह गाउँपालिकाले जनाएको छ।

उक्त कार्यक्रम सञ्चालन भएपछि त्यहाँका सुत्केरीको मुहारमा निकै खुसी छाएको छ। पछिल्लो समय जन्मिने कुनै पनि बालबालिका कुपोषणको सिकार बन्नु नपरोस् भन्ने उद्देश्यले गाउँपालिकाले उपाध्यक्षसँग सुत्केरी कोसेली कार्यक्रम सञ्चालनमा ल्याएको खप्तड छेडेदह गाउँपालिका उपाध्यक्ष बिसु नाथले बताइन्।

खप्तड छेडेदह गाउँपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६ र ७ का १८५ जना सुत्केरी महिलालाई समेटिएको नाथले बताइन्। खप्तड छेडेदह गाउँपालिकाले सात वटै वडामा उपाध्यक्षसँग सुत्केरी कोशेली कार्यक्रम सञ्चालन गरेको खप्तड छेडेदह गाउँपालिका अध्यक्ष दिलबहादुर रावतले बताए।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  ९ : १० बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले