‘द अनब्रेकेबलः अगस्त्य’का लागि सौगात मल्लले घटाए २० किलो तौल « Khabarhub

‘द अनब्रेकेबलः अगस्त्य’का लागि सौगात मल्लले घटाए २० किलो तौल


२० माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


594
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली चलचित्रमा आफूले निर्वाह गर्ने भूमिकाप्रति कलाकार गम्भीर नरहेको चर्चा हुने गर्छ । सीमित बजेट र समयका कारण कलाकारले पात्रलाई आफूअनुकूल तयार गर्न नसकेको गुनासो गर्ने गरेका छन् । तर पछिल्लो समय अभिनेता सौगात मल्लले अभिनय गर्नुभएको ‘द अनब्रेकेबलः अगस्त्य’ को श्रव्यदृश्य सार्वजनिक भएसँगै मेहनतको प्रशंसा भइरहेको छ ।

अभिनेता मल्लले उक्त चलचित्रका लागि आफ्नो तौल २० किलोग्राम घटाएको जानकारी दिए । “पात्रबारे बुझेरै मैले यसको तयारी तीन–चार महिना अगाडिदेखि नै गरिरहेको थिएँ । खानपानबाटै मैले उक्त तौल घटाउन सफल भएँ”, अभिनेता मल्लले भने, “तौल घटेको दृश्य सकेर बढेको भागको छायाङ्कन गरेको हुँ । उक्त पात्रलाई सक्दो जीवन्त बनाउने प्रयास गरेको छु ।”

उनले चलचित्रमा लगभग दुवै आवरणमा आफूलाई देख्न सकिने जानकारी दिए । चलचित्रका निर्देशक सौरभ चौधरी यसको निर्माण दुई भागमा गरिएको जानकारी दिए ।

“हिन्दू धर्मका सप्तऋषिमध्येका अगस्त्य ऋषिको नामबाट जुराइएको शीर्षकमै रहेर कथालाई तयार गरिएको छ । यसले मनोरञ्जनसँगै हाम्रो समाजमा घटिरहेको घटनालाई देखाइने छ”, निर्देशक चौधरीले भने। चलचित्रमा प्रमोद अग्रहरि, रवीन्द्र झा, मलिका महतलगायतका कलाकारले अभिनय गरेका छन् । यो फागुन १८ मा नेपालमा प्रदर्शन हुँदैछ ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  ९ : २२ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका