प्रथम राष्ट्रिय दरै कपको उपाधि दुम्सीलाई | Khabarhub Khabarhub

प्रथम राष्ट्रिय दरै कपको उपाधि दुम्सीलाई


२० माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

तनहुँ – प्रथम राष्ट्रिय दरै कपको उपाधि दुम्सी दरै इकाइ व्यास–१० ले जितेको छ । नेपाल दरै समाज तनहुँले आयोजना गरेको दरै कप सेभेन ए साइड फुटबल प्रतियोगिताको आज सम्पन्न फाइनलमा आयोजक दरै समाज तनहुँलाई हराउँदै दुम्सीले उपाधि जितेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा दुम्सी ट्राइबेकरमार्फत विजयी भएको हो । दुम्सीले आयोजक दरै समाजलाई ट्राइबेकरमा ५–४ गोल अन्तरले पराजित गरेको छ । निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो ।

निर्धारित समयमा दुवै टोलीका लागि गोल गर्ने अवसर भए पनि त्यसको सदुपयोग हुन सकेन ।आजै भएको सेमिफाइनलमा चितवनको मङ्गलपुरलाई हराउँदै दुम्सी दरै इकाइ व्यास–१० फाइनलमा पुगेको थियो । उक्त खेलमा दुम्सी दरै इकाइ २–० ले विजयी भएको थियो ।

दोस्रो सेमिफाइनल खेलमा साँखर दरै इकाइ व्यास–४ लाई हराउँदै आयोजक दरै समाज तनहुँ फाइनल पुगेको थियो । उक्त खेलमा दरै समाज १–० गोलले विजयी भएको थियो । उपाधिसँगै दुम्सी दरै इकाइले रु एक लाख एक हजार एक सय ११ र ट्रफी प्राप्त गरेको छ । उपविजेता दरै समाज तनहुँ भने रु ५१ हजार एक सय ५१ नगद र ट्रफी हात पारेको छ ।

दरै जातिका युवामात्र सहभागी उक्त प्रतियोगिता यही माघ १५ गतेदेखि सुरु भएको थियो । प्रतियोगितामा छवटा जिल्लाका २३ समूहको सहभागिता थियो । प्रतियोगितामा तनहुँ, चितवन, नवलपुर, गोरखा, धादिङ र पाल्पाका दरै समुदायका खेलाडीको सहभागिता रहेको दरै समाज तनहुँका सचिव विजय दरै जानकारी दिए ।

नेपालका १३ जिल्लामा दरै समुदायको बसोबास रहेकामा करिब २० हजार जनसङ्ख्या छ ।दरै जातिका युवामा खेलकुदप्रति आकर्षित गराउन प्रतियोगिता आयोजना गरिएको समाजका अध्यक्ष ठाकुर दरैले जानकारी दिए ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  ९ : २६ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय