प्रथम राष्ट्रिय दरै कपको उपाधि दुम्सीलाई « Khabarhub

प्रथम राष्ट्रिय दरै कपको उपाधि दुम्सीलाई


२० माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

तनहुँ – प्रथम राष्ट्रिय दरै कपको उपाधि दुम्सी दरै इकाइ व्यास–१० ले जितेको छ । नेपाल दरै समाज तनहुँले आयोजना गरेको दरै कप सेभेन ए साइड फुटबल प्रतियोगिताको आज सम्पन्न फाइनलमा आयोजक दरै समाज तनहुँलाई हराउँदै दुम्सीले उपाधि जितेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा दुम्सी ट्राइबेकरमार्फत विजयी भएको हो । दुम्सीले आयोजक दरै समाजलाई ट्राइबेकरमा ५–४ गोल अन्तरले पराजित गरेको छ । निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो ।

निर्धारित समयमा दुवै टोलीका लागि गोल गर्ने अवसर भए पनि त्यसको सदुपयोग हुन सकेन ।आजै भएको सेमिफाइनलमा चितवनको मङ्गलपुरलाई हराउँदै दुम्सी दरै इकाइ व्यास–१० फाइनलमा पुगेको थियो । उक्त खेलमा दुम्सी दरै इकाइ २–० ले विजयी भएको थियो ।

दोस्रो सेमिफाइनल खेलमा साँखर दरै इकाइ व्यास–४ लाई हराउँदै आयोजक दरै समाज तनहुँ फाइनल पुगेको थियो । उक्त खेलमा दरै समाज १–० गोलले विजयी भएको थियो । उपाधिसँगै दुम्सी दरै इकाइले रु एक लाख एक हजार एक सय ११ र ट्रफी प्राप्त गरेको छ । उपविजेता दरै समाज तनहुँ भने रु ५१ हजार एक सय ५१ नगद र ट्रफी हात पारेको छ ।

दरै जातिका युवामात्र सहभागी उक्त प्रतियोगिता यही माघ १५ गतेदेखि सुरु भएको थियो । प्रतियोगितामा छवटा जिल्लाका २३ समूहको सहभागिता थियो । प्रतियोगितामा तनहुँ, चितवन, नवलपुर, गोरखा, धादिङ र पाल्पाका दरै समुदायका खेलाडीको सहभागिता रहेको दरै समाज तनहुँका सचिव विजय दरै जानकारी दिए ।

नेपालका १३ जिल्लामा दरै समुदायको बसोबास रहेकामा करिब २० हजार जनसङ्ख्या छ ।दरै जातिका युवामा खेलकुदप्रति आकर्षित गराउन प्रतियोगिता आयोजना गरिएको समाजका अध्यक्ष ठाकुर दरैले जानकारी दिए ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  ९ : २६ बजे

भोजपुरमा वडाध्यक्षसहित १२३ जना श्रम संस्कृतिमा प्रवेश

भोजपुर– साल्पासिलिछो गाउँपालिका-६ का निर्वाचित बहालवाला वडाध्यक्ष विक्रम वनसहित १२३

कांग्रेसको १५औँ महाधिवेशन तोकिएकै समयमा हुन्छ : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशन तोकिएकै

कालिकोटमा चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन जना पक्राउ

कर्णाली– पलाँता गाउँपालिका–थिर्पु कालिकोट पलाँता अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि

मनहरामा सुकुम्बासी मोर्चाको कोणसभा, भदौ १२ देखि अनिश्चितकालीन सत्याग्रहको चेतावनी

भक्तपुर– भक्तपुरको मनहरा क्षेत्रमा वैकल्पिक व्यवस्थापनबिना हटाइएका सुकुम्बासी बस्तीका प्रभावित

म्यान्मामा नदीको बाँध फुट्दा ४० हजार प्रभावित

एजेन्सी– जुलाई –३० देखि अगस्ट –७ सम्मको मनसुनी वर्षाका कारण