कर्णाली प्रदेश सरकारको बेरुजु साढे चार अर्ब « Khabarhub

कर्णाली प्रदेश सरकारको बेरुजु साढे चार अर्ब


२० माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कर्णाली – कर्णाली प्रदेश सरकारको पछिल्लो पाँच वर्षमा रु चार अर्ब ४८ करोड २० लाख ३३ हजार तीन सय २४ बेरुजु रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

कर्णाली प्रदेशसभा सचिवालयद्वारा प्रदेशसभाको छैटौँ स्थापना दिवसका अवसरमा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘प्रदेशसभाका पदाधिकारीसँग पत्रकारहरूको संवाद कार्यक्रममा बेरुजुको तथ्याङ्क सार्वजनिक गरिएको हो ।

उक्त बेरुजु प्रदेश सरकारका मन्त्रालय र त्यसअन्तर्गतका निकायको रहेको सार्वजनिक लेखा समितिका सभापति जीतबहादुर मल्लले जानकारी दिए। कूल बेरुजुमध्ये नियमित गर्नुपर्ने रु दुई अर्ब ६३ करोड ६५ लाख तीन हजार नौ (५८ दशमलव ८२ प्रतिशत), असुलउपर गर्नुपर्ने ३७ करोड ५३ लाख ३८ हजार ८६ (आठ दशमलव ३७ प्रतिशत) र पेश्की रु एक अर्ब ४७ करोड एक लाख ९२ हजार एक सय ८९ (३२ दशमलव ८० प्रतिशत) रहेको सभापति मल्ले बताए ।

“त्यसमा रु ३५ करोड ६८ लाख ७३ हजार चार सय ३५ फछ्र्यौ भएको छ”, उनले भने, “विगत पाँच वर्षमा रु ११ करोड ७९ लाख ८० हजार चार सय पाँच बेरुजु फछ्र्यौट भएकामा यस समितिको एक वर्षको अवधिमा रु २३ करोड ८८ लाख ९३ हजार २९ बेरुजु फछ्र्यौट भएको छ ।”

उनका अनुसार बेरुजु फछ्र्यौट गर्नुपर्ने निकायमा आठ मन्त्रालय, नौ निर्देशनालय, एक सय १८ कार्यालय र आयोग तथा अन्य छ छन् । बेरुजु सबैभन्दा बढी भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय रु दुई अर्ब २२ करोड ६३ लाख ७१ हजार आठ सय ६६ रहेको जनाइएको छ । सबैभन्दा कम मुख्य न्याधिवक्ताको कार्यालयको रु एक लाख ४५ हजार ५९ बेरुजु रहेको जनाइएको छ ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  १० : ०४ बजे

धारापानी-झिनडाँडा खण्ड स्तरोन्नति

म्याग्दी– म्याग्दीको दरबाङ-मुना-ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका-७ को धारापानी-ताकम-शिवाङ-झिनडाँडा खण्ड

साहित्यकार चालिसेको ‘अम्मल’ कथासङ्ग्रह सार्वजनिक

काठमाडौं– साहित्यकार अच्युतप्रसाद चालिसेद्वारा लिखित दोस्रो साहित्यिक कृति ‘अम्मल’ कथासङ्ग्रह औपचारिक

अलपत्र सडक निर्माणका लागि पूर्वाधार विकासमन्त्रीको ध्यानाकर्षण

दमौली– तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित दुई रणनीतिक सडक निर्माणमा भइरहेको ढिलासुस्तीबारे

‘मेयर सरुवा’ बारे यसो भन्छन् उदयपुरका माननीय गेलाल

काठमाडौं- उदयपुरबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पारसमणि

मुख्यमन्त्री आचार्यको प्रतिबद्धतापछि प्रदेशसभा बैठक सुरु

देउखुरी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको विशेष सम्बोधनपछि लुम्बिनी प्रदेशसभाको