निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्नुपर्छ : उपमहासचिव गुरुङ « Khabarhub

निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्नुपर्छ : उपमहासचिव गुरुङ


२० माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कास्की । नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले देशको अर्थतन्त्र बलियो बनाउन सरकारले निजी क्षेत्रसँग सहकार्य गरी अगाडि बढ्नुपर्ने बताएका छन् ।

नेपाल उद्योग तथा व्यवसायी महासङ्घ गण्डकीको प्रथम प्रदेशसभालाई आज पोखरामा सम्बोधन गर्दै उनले पछिल्लो समय नेपालको अर्थतन्त्रमा मन्दी देखिएकाले सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै अर्थतन्त्रलाई सुधार गर्न जरुरी भएको बताए ।

आर्थिक मन्दीकै कारण धरासायी बनेको उद्योग व्यवसायका समस्या समाधान गर्न जरुरी भएको उनको भनाइ थियो । “सरकारले पनि अब आर्थिक उपार्जनका बाटाहरू खोज्दै समृद्ध नेपाल र खुसी नेपालीको आकाङ्क्षा पूरा गर्न अग्रसर हुनुपर्छ”, उनले भने ।

गाउँ र विश्वविद्यालय खाली भएको अवस्थामा विदेशी लगानी भित्र्याएर युवाहरूलाई नेपालमै रोजगारीका अवसरहरू सिर्जना गर्नुपर्ने भनाइ उनको थियो । नेपाल उद्योग तथा व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष एलपी साँवाले निजी क्षेत्रसँग हातेमालो गर्दै सरकार अगाडि बढ्न जरुरी भएको बताए । निजी क्षेत्रले रु ५५ लाख नेपालीलाई रोजगारी दिएको दाबी पनि उनको थियो ।

महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष सञ्जीवबहादुर कोइरालाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले प्रशिक्षण दिने छन् । सभामा गण्डकी प्रदेशका ११ जिल्लाका उद्यगी व्यवसायीको सहभागिता छ ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  १० : ५४ बजे

मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न

नेपालको परराष्ट्र नीति दिग्भ्रमको दिशामा उन्मुख भयो : ज्ञवाली

काठमाडौँ – पूर्वपरराष्ट्रमन्त्री एवम् एमाले उपअध्यक्ष प्रदीप ज्ञवालीले सरकारको कमजोर

जन्मथलो बेनीबाट प्रकाश दुतराजको नयाँ साङ्गीतिक यात्रा

म्याग्दी – गायक प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट सामूहिक लोकसङ्गीत साङ्गीतिक