सवारीको उच्च चापले घोप्टेभीरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन « Khabarhub

सवारीको उच्च चापले घोप्टेभीरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन


२६ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– पृथ्वी राजमार्गअन्तर्गत घोप्टेभिरमा पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा आइतबार, सोमबार र मङ्गलबार लगातार खसेको सुक्खा पहिरो पन्छाएर मङ्गलबार दिउँसो १ः४० बजेदेखि एकतर्फी सञ्चालनमा ल्याइएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल थापाका अनुसार चाडपर्वका कारण सवारीको चापले गर्दा दुईतर्फी यातायात सञ्चालनमा ल्याउन कठिन भएको हो ।

उनले भने, ‘पहिरो ठूलो हुँदा र मजदुर बिदामा जाँदा सडक दुईतर्फी रुपमा सञ्चालनमा ल्याउन कठिन भएको हो ।’ पहिरो पन्छाउने उकरणहरु तयारी अवस्थामा राखिएकाले सामान्य पहिरो खसेमा तत्काल सफा गर्ने गरी व्यवस्थापन गरिएको उनको भनाइ छ ।

मौसमको अनुकूलता, सवारी चाप र अन्य अवस्था हेरेर मात्र सडक दुईतर्फी सञ्चालनमा ल्याइने छ । यस सडक हुँदै सङ्घीय राजधानी काठमाडौँ भित्रने र बाहिरिने गाडी तथा यात्रुलाई विभिन्न समयमा खस्ने पहिरोले समस्या पार्ने गर्दछ । सडक एकतर्फी खुले पनि जोखिम कायमै रहेकाले सावधानीपूर्वक यात्रा गर्न प्रहरीको आग्रह छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८३, बिहिबार  ९ : १२ बजे

सवारीको उच्च चापले घोप्टेभीरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन

चितवन– पृथ्वी राजमार्गअन्तर्गत घोप्टेभिरमा पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा ल्याइएको

श्रमदान गरेर सडक मर्मत

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–५ मा न्यू देविस्थान युथ क्लबको आयोजनामा

मकवानपुरको भीमफेदीमा माइक्रोबस दुर्घटना, १० जनाको मृत्यु, ५ घाइते

काठमाडौँ– मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा माइक्रोबस दुर्घटना हुँदा

पोखरामा जिप दुर्घटना, एकजनाको मृत्यु, १२ घाइते

कास्की– पोखरा महानगरपालिका–२३ दुण्डेफाँटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

टोपबहादुर रायमाझी कारागारबाट रिहा

काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा कारागारमा रहेका एमाले नेता एवं