एमालेले थाप्यो राष्ट्रियसभा अध्यक्षको ‘ढोक्सा’; प्रधानमन्त्री नरम, कांग्रेस रुष्ट « Khabarhub

एमालेले थाप्यो राष्ट्रियसभा अध्यक्षको ‘ढोक्सा’; प्रधानमन्त्री नरम, कांग्रेस रुष्ट



काठमाडौं– नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा सहमति प्रयास खोजेको छ । सङ्क्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक टुङ्ग्याउनका लागि एमालेलाई राष्ट्रियसभा अध्यक्ष दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नरम भएको बताइएको छ ।

माओवादीले सत्ता पक्ष र विपक्ष भन्नु भन्दा पनि राष्ट्रियसभा अध्यक्षमा सहमति गरेर अगाडि बढ्नुपर्ने प्रस्ताव अगाडि सारेको माओवादीका एक पदाधिकारीले खबरहबलाई बताए । तर, कांग्रेस यो कुरामा सहमत नदेखिएर सत्ता पक्ष र विपक्ष भनेर हिँडिरहेको माओवादीको आरोप छ ।

माओवादी टीआरसी विधेयक टुङ्ग्याउन एमालेलाई फकाइरहेको बुझिएको छ । माओवादीले राष्ट्रियसभा अध्यक्ष एमालेलाई नै दिएर भएपनि सहमतिका आधारमा टीआरसी विधेयक टुङ्ग्याउन लचिलो देखिएको हो ।

माओवादीका एक पदाधिकारीले खबरहबलाई भने, ‘हामीले त राष्ट्रिय मुद्दा टीआरसी विधेक टुङ्ग्याएर जान सहमतिको सरकार निर्माण गर्ने बाटो पनि खोजेका छौं । यो दल, त्यो दलभन्दा पनि राष्ट्रियसभामा राष्ट्रिय सहमति खोजेका हौं । एमालेलाई पनि मिलाएर लान चाहेका छौं तर एमाले र कांग्रेस सत्ता पक्ष र विपक्ष भनेर समस्या आएको छ । ’

राष्ट्रियसभा अध्यक्षको निर्वाचन फागुन २९ मा हुँदैछ । यसको तयारीका लागि पार्टीहरु लागिसकेका छन् । कांग्रेसले शनिबार केन्द्रीय कार्यसम्पादन समितिको अनौपचारिक बैठक राखेको थियो । त्यहाँ राष्ट्रियसभा अध्यक्ष आफूहरुको हुनुपर्ने अडान कायम भएको कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेले बताए ।

ओलीले थापे अध्यक्षको ‘ढोक्सा’

आज विहान प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट भएको थियो । करिब २ घण्टासम्म चलेको कुराकानीमा ओलीले प्रचण्डलाई राष्ट्रियसभा अध्यक्ष आफूले पाए टीआरसी विधेक टुङ्ग्याएर जाने बताएका थिए ।

प्रचण्डले सहमतिको लागि आफूले छलफल गरिरहेको बताएका थिए । स्रोतले भन्यो, ‘टीआरसी विधेक टुङ्ग्याएर जाने भए राष्ट्रियसभा अध्यक्ष एमालेलाई दिनुपर्ने दायित्व आएको छ । यसका लागि सहमतिको विकल्प छैन ।’

जवाफमा प्रचण्डले आफूले गठबन्धनमा पुन छलफल गर्ने बताएका थिए ।

प्रचण्ड–देउवा भेट

ओली भेटेलगतै प्रचण्ड र कांग्रेस सभापति देउवाबीच भेट भएको थियो । तर देउवाले एमालेलाई मिलाएर जाने कुनै संकेत दिएनन । स्रोतले भन्यो, ‘कांग्रेसले एमाले मिलाएर लाने कुरामा कुनै सिग्नल दिएकै छैन ।’

प्रचण्डले राष्ट्रिय सहमति गरेर एमालेलाई अध्यक्ष दिने कि भन्ने छलफल गरेका थिए । जवाफमा देउवाले कांग्रेस संसदको ठूलो पार्टी भएको र सबैलाई मिलाएर लाँदा यो कुरामा सहमति नहुने बताएका थिए । उनले एमालेले पटक–पटक टीआरसी विधेयक बैना राख्दै आएको कुरा प्रधानमन्त्रीलाई सम्झाएको स्रोतको भनाइ छ ।

एमालेले यसअघि भएको राष्ट्रियसभा निर्वाचनमा पनि टीआरसी विधेयक टुङ्ग्याएर जाने भए आफूलाई पनि सिट छुट्याउन ढोक्सा थापेको थियो । तर कांग्रेस र माधव नेपालको एकीकृत समाजवादीले अध्यक्ष प्रचण्डलाई यो विषयमा साथ दिएका थिएनन् ।

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भने राष्ट्रिय समहति भनेर गठबन्धनलाई घाटा पुर्‍याउन नहुने बताए । उनले राष्ट्रियसभामा गठबन्धन दलबाट नै एक निर्वाचित हुने बताए ।

टीआरसी विधेकका कारण गठबन्धनमा तलमाथि हुने धेरैले आँकलन समेत गरेका छन् ।

पछिल्लो समय कांग्रेसका कारण प्रधानमन्त्रीले मन्त्रिपरिषद हेरफेर गर्न नसकेको बताइएको छ । माओवादीका एक नेताले भने, ‘गठबन्धनमा बसेपछि सबै आफूले चाहेर मात्र नहुने रहेछ ।’

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  २ : ०७ बजे

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र

नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस् 

काठमाडौं– ‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली

युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी

एजेन्सी – गत अक्टोबर देखि युद्धविराम सम्झौता लागू भए तापनि

सरकारलाई प्रचण्डको चेतावनी : पटक-पटक संविधान मिच्ने दुस्साहस नगर्नू

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सार्ने